आन्टीले सेक्सको प्रस्ताव राखेपछि……

दुई छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन्। कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन्। यस्तो सम्बन्धको नियत के हुन्छ ? देहसुख अर्थात् सेक्समात्र हो तरु श्रीमान् विदेशमा हुने, श्रीमान्को माया नपाउने, असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ।

उता तन्नेरीहरूका आफ्नै कथा छन्। उनीहरू ‘आन्टी’हरूसँग फस्नुका कारण अनेक छन्। कसैका लागि यो एकप्रकारको रोजगारी हो, कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि, कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द।

यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमारु अनि यसका जटिलता के–के हुन्रु अम्मर जिसीले केलाउन खोजेका छन्।

केस नं १

काठमाडौँका २३ वर्षीया जनम परिवारले बिहेको कुरा झिक्यो कि सुइँकुच्चा ठोक्छन्। अरू विषयका पारिवारिक छलफलमा उनी सहभागी हुन्छन्। तर, बिहे भन्नासाथ उनको सातो जान्छ। कारण, उनी आफूभन्दा झन्डै दोब्बर उमेरकी महिलासँगको प्रेममा फसेका छन्। एक प्रहरी निरीक्षककी ४२ वर्षीया श्रीमतीको मायाजालमा परेका जनमलाई अहिले यो सम्बन्ध निल्नु न ओकल्नु भइरहेको छ। भन्छन्, ‘पहिले बिहे भएको र दु–दुइटा छोराकी आमा हो भन्ने थाहै भएन। आँखा चिम्लेर लभ गरियो। अहिले उम्किनै गाह्रो भा’छ।’

उनका श्रीमान् प्रायः घरबाहिर हुने र उनको खासै पर्वाह नगर्ने भएकाले उनी आफूसँग लहसिएकी जनम बताउँछन्। ‘मैले छुँदामात्रै पनि मक्ख पर्छिन्,’ उनले भने, ‘मैले हेरेको, छोएको साह्रै मन पर्छ रे। मसँग टाँसिरहन खोज्छिन्। त्यसैले मैले पनि उनलाई छोड्न सकिरहेको छैन। मलाई मर्का पर्दा सहयोग पनि गर्छिन्। साढे तीन वर्षमा करिब सात लाख रुपैयाँ सहयोग पाइसकेँ।’

केस नं २

शंखमूल, काठमाडौँका २४ वर्षीय विवेकको जिन्दगी ऐसआरामसाथ बितिरहेको छ। कामधन्दा, रोजगारी केही छैन। दिनभरि घरतिरै बरालिने वा साथीभाइसँग डुल्ने गर्छन्। यद्यपि, उनलाई आर्थिक संकट कहिल्यै पर्दैन। चितवनस्थित बा–आमालाई पनि गुहार्दैनन् उनी। ‘आयआर्जनको अर्कै स्रोत जुटाएको छु,’ उनी भन्छन्, ‘एउटा सुड्डी–फ्रेन्ड छे मेरो। म भनेपछि हुरुक्कै हुन्छे। पैसाको बन्दोबस्त उसैले गर्दिन्छे। जति मागे पनि ‘छैन’ भन्दिन। आनन्दै छ मलाई।’

कमला नामकी ४६ वर्षीया महिलासँग उनको ‘चक्कर’ छ। उनको घर विवेकको डेराछेउ छ। कमलासँग किरानापसलमा भेट भएको र एक महिनाको हाई–हेलोपछि सम्बन्ध सुरु भएको विवेकले बताए।

कमला एक छोरा र एक छोरीकी आमा हुन्। उनका श्रीमान् दुबईमा छन्। ‘छोराछोरी स्कुल पठाएपछि मलाई फोन गर्छे,’ विवेकले आफ्नो ‘ड्युटीआवर’ बारे सुनाए, ‘त्यसपछि म उसको घर जान्छु। र, ४ बजेसम्म उतै बस्छु प्रायः।’ कमलाले विवेकका सम्पूर्ण आर्थिक समस्या टारिदिने गरेकी छन्। पेट्रोल खर्च, मोबाइल रिचार्ज, पकेटमनी सबैथोकको जोहो कमलाले नै गर्ने गरेको विवेकले बताए।

‘एसएफ (सुड्डी फ्रेन्ड) को आवश्यकता मैले पूरा गर्दिन्छु, मेरो आवश्यकता उसले,’ विवेकले भने, ‘मसँग हुँदा त बूढीमाउ ‘फेरि टिनएजमा फर्केझैँ लाग्छ’ भन्छे।’

केस नं ३

काठमाडौँ, सुकेधाराका अविनाश प्रायः बागबजारमा भेटिन्छन्। ‘आन्टीले बोलाइरहन्छिन्,’ बागबजार धाउनुको कारण सुनाउँछन् उनी, ‘आफू त आन्टीको सेवक न परियो। जहिले बोलायो, तहिले आइदिनुपर्छ।’ ४४ वर्षीया आन्टीलाई हरबखत सेवा दिन तत्पर अविनाश २१ वर्षका छन्। भन्छन्, ‘मेरो गर्लफ्रेन्ड छे, कलेजमा। बागबजारमा चाहिँ ओभरटाइम गरेको हुँ।’ उनका अनुसार आन्टीका श्रीमान् बागलुङमा छन्। ‘वर्षमा एकदुई चोटिमात्र आउँछन् अंकल,’ अविनाशले भने, ‘आन्टी धेरैजसो एक्लै हुन्छिन्। छोराछोरी पनि छैनन्। त्यसैले मलाई बोलाइरहन्छिन्।’ यी दुईको चक्कर चलेको दुई वर्ष भयो।

केस नं ४

धरानका दीपेश यही अक्टोबरमा इजरायल उड्दै छन्। ‘उतै सेटल हुने गरी जाँदै छु,’ उनले भने, ‘केटी मुसलमान भएकाले बिहे गर्न अलि समस्या भइरहेको छ। मैले धर्म परिवर्तन गर्नुपर्छ रे। त्यसका लागि कागजात पठाइसकेँ। अक्टोबरसम्ममा सबै काम बन्छ होला।’

दीपेश टुरिस्ट गाइड हुन्। पर्यटक घुमाउने क्रममा उनको भेट इजरायलकी अथालियासँग भएको थियो। ‘त्यो बेला नै उसले मलाई खुब मन पराई,’ दीपेश भन्छन्, ‘इजरायल पुगेपछि पनि फोन गरिराख्थी। मेरा लागि ल्यापटप, मोबाइल आदि पठाइदिन्थी। इजरायलको सरकारी कर्मचारी हो ऊ। पैसा टन्न कमाउँछे। एकदम गाँठवाली छे।’ तिनै ४९ वर्षीया अथालियाको पहलमा २५ वर्षीय दीपेश इजरायल जान लागेका हुन्। ‘खै, किन हो, लास्टै माया गर्छे मलाई,’ दीपेश भन्छन्, ‘मैले पनि माया गरेजस्तो गर्दिन्छु। उता गएपछि राम्रो काममा लगाइदिन्छु भनेकी छे। जिन्दगी बन्छ भने किन नजानु र?’

केही महिनाअघि पनि ‘टुरिस्ट भिसा’ मा इजरायल डुलेर आएका दीपेशले आफूहरूका लागि दुइटा कोठा बुक्ड गरिसकेको बताए। ‘अस्ति जाँदा ऊसँगै बसँे,’ उनले भने, ‘अब त बिहे नै गर्दै छु। पाँचरदश वर्ष त्यै बज्यै अथालियासँग उठबस गर्नुपर्ला। त्यसपछि आफ्नै देश फर्किन्छु।’

आफ्नै हातमा धनलक्ष्मी

आफूभन्दा निकै जेठी महिलासँग हिमचिम बढाउने युवाका चर्तिकला हुन् यी। यस्ता क्रियाकलाप अचेल हाम्रो समाजमा देखिन थालेका छन्। पैसा र मोजमस्तीका लागि अनेक तिकडम अपनाइरहेकाहरू यसलाई पनि एउटा उपायका रूपमा लिइरहेका छन् । ‘काठमाडौँको महँगीमा टिक्न गाह्रो छ,’ शंखमूलका विवेक भन्छन्, ‘भनेको बेला जागिर पाइँदैन। पेट पाल्नका लागि केही न केही त गर्नैपर्छ।’ उच्च शिक्षाका लागि राजधानी आएका उनी भोकै बस्नुभन्दा ‘सुड्डी’ पट्याएरै भए पनि आफ्नो समस्या टार्नु बेस ठान्छन्। ‘त्यसबापत हामीले पनि त सेवा दिएकै हुन्छौँ,’ उनले भने, ‘लेनदेन दोहोरो छ भने धक मान्नुपर्दैन।’

हामीले भेटेका अधिकांश युवाले पैसाकै लागि पाको उमेरकी महिलासँग ‘रोमान्स’ गरेको बताए। खासगरी उपत्यका बाहिरबाट आएका युवा यस्तो क्रियाकलापमा सरिक हुने गरेको पाइए। घरबाट पैसा मागिरहनुभन्दा यतै केही व्यवस्था गर्ने निहुँमा उनीहरू आफूभन्दा दोब्बर जेठी महिलाको यौनचाहना मेटाउने काममा लागेका छन्। ‘अरूको यौन चाहना मेटाइदिँदैमा आफ्नो भलो हुन्छ भने त्यसो गर्नु नराम्रो होइन,’ सुकेधाराका अविनाशको तर्क छ, ‘यसमा कसैको हानि–नोक्सानी हुँदैन। बरु, दुवै पार्टीलाई फाइदा हुन्छ।’

आफ्नै उमेरकी केटीभन्दा कामकाजी महिलासँग प्रेम गर्दा राम्रो हुने बताउँछन्, नयाँ बानेश्वरका विजय। भन्छन्, ‘आफ्ना उमेरका केटीहरू त आफूजस्तै कंगाल हुन्छन्। डेटिङ जाँदा पनि आफ्नै पैसा सखाप हुन्छ। आन्टीहरू पट्याउन सके पैसाको अभाव हुँदैन।’ उनले पनि एउटा हस्पिटलकी एकाउन्टेन्ट आन्टी पट्याएको बताए। ‘पहिले–पहिले एक कप चिया खान पनि बाउसँग पैसा माग्नुपर्थ्यो,’ उनी भन्छन्, ‘अहिले आफ्नै हातमा धनलक्ष्मी छिन्। केटाहरू सबैलाई ट्रिट दिने गर्याम छु। बाउसँग पनि सुको माग्नुपर्दैन। रिल्याक्स छ।’

अनुभवीसँग आनन्द

२१ वर्षको केटोले ४८ वर्षकी महिलासँग ‘रमिता’ गर्नुको एउटा कारण रमाइलो पनि हो। बागबजारका सुरेन्द्र भर्खरकी युवतीभन्दा अनुभवी महिलासँगको हिमचिम रमाइलो हुने बताउँछन्। ‘सिकारु त झ्याउ लाग्ने खालका हुन्छन्,’ सुरेन्द्र भन्छन्, ‘सबैथोक आफैँले सिकाउनुपर्छ। त्यसमाथि लजाएर र्यााक गर्छन्। अनुभवी भए जसो–जसो भन्यो, उसो–उसो हुन्छ। साह्रै रमाइलो हुन्छ उनीहरूसँग।’ पाको उमेरका महिला होशियार हुने र आफूलाई संकटमा पनि नपार्ने भएकाले सुरेन्द्रको साँठगाँठ उनीहरूसँगै हुने गरेको छ। ‘योङ केटीहरूसँग कहिल्यै लभ गरिएन,’ उनले भने, ‘मोजमस्ती भनेको जान्नेबुझ्नेसँगै गर्नुपर्छ।’ यद्यपि, बिहे चाहिँ उनी आफ्नै उमेरकी केटीसँग गर्नुपर्ने बताउँछन्। ‘बिहे भनेको अर्कै चिज हो,’ भन्छन्, ‘यसलाई यस्तो हल्काफुल्का कुरासँग जोड्नु हुँदैन।’

जनमलाई भने आफ्नी पाको उमेरकी प्रेमिकाले आत्मीय साथ र माया दिएको भान हुन्छ। भन्छन्, ‘हामीले थुप्रै पटक शारीरिक सम्पर्क गरिसकेका छौँ। तर, मैले यौन सन्तुष्टि र पैसाका लागि उनलाई प्रयोग गरेको होइन। उनले गर्ने प्रेम अन्य केटीले गर्नेभन्दा परिपक्व छ। परिपक्व मायामा फसेको छु म।’ उनी दुई छोराकी आमासँग बिहे गर्ने पक्षमा छैनन्। न त ती महिलाको नै विवेकसँग बिहे गर्ने सोच छ। ‘श्रीमान्को साथ र देखभाल नपाएकाले उनी मसँग झ्याम्मिएकी हुन्,’ जनमको बुझाइ छ, ‘मबिना कसरी बाँच्लिन् भन्ने पीर लाग्छ आजकल।’

करिअर !

कतिपय युवाले आफ्नो करिअर बनाउनका लागि पनि परस्त्रीसँग सम्बन्ध राख्ने गरेको पाइयो। धरानका दीपेश तिनैमध्ये पर्छन्। पाको उमेरकी महिलासँग बिहे नै गरेर उनी इजरायल उड्दै छन्।

‘पाँचरदश वर्ष मजाले कमाइयो भने जिन्दगी बन्छ,’ उनी भन्छन्, ‘त्यतिञ्जेल सम्बन्ध टिक्छ नै भन्ने ग्यारेन्टी छैन। टिक्यो नै भने पनि मेरा कारण त्यो महिलाले दुःख पाउँदिन। बरु, सुख पाउँछे। त्यसपछि म आफ्नो बाटो लाग्छु, ऊ आफ्नै संसारमा रमाउँछे। यसमा कसैको हानि हुँदैन।’

यस्तो सम्बन्ध राख्ने केटाहरू आफूले कसैलाई जबर्जस्ती वा ललाई–फकाई सम्बन्ध नराख्ने भएकाले यो प्रवृत्ति गलत नभएको बताउँछन्। ‘उनी९महिला०हरू आफैँ हामीसँग टाँसिन आउँछन्,’ विवेक भन्छन्, ‘हामीले कसरी नाइँ भन्नेरु’ सुकेधारका अविनाश भने महिलाहरू आफूजस्ता जवान र ह्यान्डसम केटाप्रति आकर्षित हुनु स्वाभाविक ठान्छन्। ‘राम्रामा त जसको पनि नजर गइहाल्छ नि,’ उनी भन्छन्।

साँच्चीकै प्रेम

त्यसो त सबै युवाले आफ्नो स्वार्थपूर्तिका निम्ति मात्रै जेठीबाठी महिलासँग सम्बन्ध राख्ने गरेका छैनन्। कतिपयको त साँच्चै नै माया बस्ने गरेको पनि पाइयो। जनमकै उदाहरण लिऔँ। उनले प्रहरी निरीक्षककी श्रीमतीलाई मनैदेखि माया गरेको बताए। ‘लभ परेपछि उमेर–सुमेरको मतलबै नहुने रै’छ,’ उनी भन्छन्, ‘उसले पनि त्यही ठानेर माया गरिरहेकी होली मलाई। अब त हामी न छुट्टिन सक्छौँ, न बिहे गर्न सक्छौँ। साह्रै बिलखबन्दमा परियो।’ उनीहरूकै जस्तो हालतमा छन्, गोल्फुटार, काठमाडौँका २२ वर्षीय उदय र ३९ वर्षीय रूपा। ‘छ–सात महिना भयो अफेयर चलेको,’ रूपा भन्छिन्, ‘दुइटा छोरी छन् मेरा। श्रीमान् कोरिया जानुभएको दुई वर्ष भयो। उहाँ आउनासाथ हामीहरूको सम्बन्ध टुटाउनुपर्छ। त्यो दिन सम्झेर आजै आत्तिन्छु।’

यौन नै प्रधान

महिलाहरू कम उमेरका युवासँग लहसिनुको प्रमुख कारण यौन हुने गरेको पाइयो। गोल्फुटारकी रूपाले पनि यही आशय व्यक्त गरेकी छिन्। ‘श्रीमान् साथमा हुनुहुन्न,’ उनले भनिन्, ‘सँगै भए पनि उहाँलाई ममा त्यति रुचि छैन क्यारे। छुट्टाछुट्टै कोठमा सुत्थ्यौँ।’ उनी थप खुल्न चाहिनन्।

पाको उमेरका महिलासँग सम्बन्ध राखेका युवाले पनि महिलाहरू यौन असन्तुष्टि र श्रीमान्को माया नपाएकाले आफूहरूसँग लागेको बताए। जनम भन्छन्, ‘श्रीमान्ले वास्तै नगर्ने, पारिवारिक र समाजिक प्रतिष्ठाका लागि मात्रै श्रीमतीको प्रयोग गर्ने गरेकाले उनी मसँग रहँदा खुशी हुन्छिन्। श्रीमान्को मायाबाट विमुख भएकाले मेरो साथ उनलाई प्रिय भएको हो।’

परिणाम

युवायुवतीले यस्तो सम्बन्धलाई जति सजिलो रूपमा लिएका छन्, यो उत्तिकै अप्ठ्यारो पैदा गर्ने सम्बन्ध भएको केही अनुभवीले बताए। ग्ल्यामर क्षेत्रमा आबद्ध एक युवाका अनुसार उनले पाँच वर्षअघि आफूभन्दा २१ वर्ष जेठी महिलासँग सम्बन्ध राखे। उनी आफ्नो अप्ठ्यारो सुनाउँछन्, ‘ऊ इभेन्ट म्यानेजर थिई। म भर्खर स्ट्रगल गर्दै गरेको मोडल। ऊसँग नजिकियो भने टन्नै अफर पाइएला भन्ने लोभले खूब भाउ दिएँ। उसले पनि मलाई सहयोग गरी। तर, यतिविघ्न सहयोग गरी कि आखिरमा उम्किन मुस्किल पर्योस।’ ती महिलाले सुरुसुरुमा सहयोग गरे जस्तो गरे पनि पछि आफूलाई नोकरलाई जस्तो व्यवहार गरेको र उसलाई छोडेर गए भएभरका पोल खोलिदिने धम्की दिएको उनले बताए। ‘म त मर्नु न बाँच्नु भ’को थिँए,’ उनले भने, ‘बल्लतल्ल फुत्किएँ। अहिले त्यो महिला हङकङतिर छे।’

दुई साताअघि धरान–६ की सुमित्रा लिम्बूले आफ्नो ‘श्रीमान्सँग सल्केको’ आरोपमा धरान–९ स्थित ३० वर्षीया गंगा कार्कीलाई खुकुरी प्रहार गरेकी थिइन्। लगभग ५० वर्षका, सुधीरसिंह लिम्बू सुमित्राका श्रीमान्सँग फोनमा कुराकानी गरेको, सल्किएको जस्ता आरोप लगाई सुमित्राले गंगाको कोठामै पुगेर अनुहार, घाँटी र टाउकोमा जथाभावी खुकुरी प्रहार गरेकी थिइन्। घाइते गंगाको हाल उपचार भइरहेको छ भने सुमित्रा प्रहरी नियन्त्रणमा छिन्।

अमिल्दो सम्बन्धको परिणाम कतिसम्म घातक हुन्छ भन्ने एउटा उदहारण हो यो। पछिल्लो समय आफूभन्दा तलमाथि उमेरका व्यक्तिबीच सम्बन्ध कायम गर्ने फेशन चलेको धरानस्थित शुक्रवार संवाददाता गोपाल दाहालले बताए। भन्छन्, ‘श्रीमान् विदेशमा रहेका महिलाहरू खाइलाग्दा युवकलाई ‘ब्वाइफ्रेन्ड’ बनाइरहेका हुन्छन् भने उमेर ढल्किँदै गएका पुरुष पनि ‘भाञ्जी’ भन्दै नवयौवनाहरूलाई भेडेटार घुमाइरहेका भेटिन्छन्।’

मुख्य कारण असन्तुष्टि हो
डा. सरोजप्रसाद ओझा, मनोविद

गाँस, बास, कपासलाई मात्र आधारभूत आवश्यकता भन्ने जमाना रहेन अब। अहिलेको समाजले त्यसको दायरालाई तन्काउन खोजिरहेको छ। मानव जीवनको एउटा मुख्य पाटो, सेक्सलाई पनि आधारभूत आवश्यकताका रूपमा लिन थालिएको छ। सेक्स सन्तानप्राप्तिका लागि मात्रै नभएर मनोरञ्जन, आनन्द वा सुखका लागि पनि नभई नहुने चिज हो।

मन मिल्यो भने उमेरको कुनै सीमा हुँदैन। बूढोले किशोरीबाट सन्तुष्टि पाउँछ भने त्यसमा उसको कुनै दोष हुँदैन। बूढीले भर्खरको ठिटोबाट यौन आनन्द पाएर जीवनमा खुशी रहन्छे भने त्यो नराम्रो कुरा भएन। यसरी फरक उमेरका व्यक्तिबीच हुने सम्बन्धलाई समस्या नै भन्न त मिल्दैन। तर, त्यस्तो सम्बन्धले अन्य सम्बन्ध (आमा–छोराछोरी, श्रीमान्–श्रीमती आदि) मा फाटो ल्याउँछन् भने त्यो अवश्य समस्या हो।

पाको उमेरका महिलापुरुषले तन्नेरी साथी ताक्नुको प्रमुख कारण यौन असन्तुष्टि हो। आफ्ना पार्टनरबाट सन्तुष्टि प्राप्त गर्न नसकेपछि मानिस कुण्ठित हुन्छ। फलतः ऊ अरूसँग आफ्नो यौनप्यास मेट्न खोज्छ। श्रीमान्को माया र साथ नपाएका महिलाहरूमा यस्तो समस्या रहन्छ। पुरुषमा पनि यही कुरा लागू हुन सक्छ। अहिले पाको महिलाले जवान केटा र पाको पुरुषले जवान केटीसँग सम्बन्ध राख्नुको कारण पनि यौन असन्तुष्टि हुन सक्छ।

यस्ता सम्बन्धहरू दिगो हुँदैनन्। समयअनुसार आवश्यकता पनि फेरिन्छन्। यस्ता आवश्यकताको उतारचढावले त्यस्ता फरक उमेरका सम्बन्धहरू टुट्छन्। यस्ता सम्बन्धले भविष्यमा समस्या निम्त्याउन सक्छन्। पारिवारिक र सामाजिक कलह सिर्जना हुन सक्छन्। यी सम्बन्धले नराम्रो परिणाम ल्याउने सम्भावना उच्च रहन्छ। यस्ता सम्बन्धलाई प्रोत्साहन गर्नु हुँदैन।

जहाँका मानिसमा रोगलै छुँदैन, हिड्दा हिड्दै मृत्यु हुन्छन्

काठमाडौं । यो दुनियाँ अचम्मको छ । हाम्रो देश नेपालमा ६० वर्ष कटेपछि वृद्ध भन्ने गरिन्छ । ७५, ८० कटेपछि डाँडामाथिको घाम भन्न थालिन्छ । ४५ वर्ष उमेर कटेका महिलाले आफू गर्भवती हुन नसक्ने ठान्छन् । तर दक्षिण एसियाकै पाकिस्तानमा यस्तो ठाउँ पनि छ, जहाँका बासिन्दाहरुको शारीरिक र मानसिक अवस्था देख्दा अचम्म मान्न करै लाग्छ । पाकिस्तान प्रशासित काश्मिरको गिलगिट बाल्टिस्तानको पहाडी इलाकामा बस्ने हुन्जा आदिवासी समुदायका व्यक्तिहरुमा विचित्रको क्षमता देखिन्छ ।
बुरुसो समुदाय र बुरुशास्की भाषा बोल्ने यहाँका मानिस एक सय वर्षको उमेरमा समेत दौडिने खेल खेल्न सक्छन् । ६५, ७० वर्षका उमेरका महिलाहरुले बच्चा जन्माउँछन् । यहाँका मानिसहरु औसतमा १ सय १० देखि १ सय २० वर्षसम्म बाँच्छन् । हिँडडुल गर्दागर्दै मर्छन् । रोग लाग्ने भन्ने कुरा त धेरै टाढाको भइहाल्यो ।

यो समुदायमा क्यानसर लगायतका विभिन्न प्राणघातक रोग अझैसम्म कसैलाई पनि नदेखिएको बताइन्छ । यो समुदाय हाल झण्डै ८७ हजारको संख्यामा रहेको बताइन्छ । हुन्जा उपत्यकालाई युवाहरुको नखलिस्तान पनि भनिन्छ । नियमित व्यायाम र स्वच्छ वातावरणका साथै प्राकृतिक जिवनयापनका कारण यो सम्भव भएको मानिएको छ । राजधानी दैनिकबाट

गुल्मीका दुई वटै नगरपालिका एमालेको पोल्टामा

प्रेम सुनार

गुल्मी –  नेकमा एमाले गुल्मीले  रेसुङ्गा नगरपालिकामा  विजयी हाँसिल गरे लगत्तै जिल्लाको अर्को नगरपाकिा मुसिकोटमा पनि शानदार जित हाँसिल गरेको छ । वडा नम्वर १ वाहेक  सवै वडाहरुमा पुरै प्यनल  सहित एमलेका पार्टी सचिव सोमनाथ सापकोटा मेयरमा भारी मतान्तरले विजयी भएका छन् । उनी निकटतम प्रतिद्धन्द्धी कांग्रेसका कृष्णहरी सापकोटालाई ६ सय भन्दा बढि मतले पछाडी पार्दै  विजयी भएका हुन ।

विजेता सापकोटाले  एमाले अध्यक्ष केपी शर्मा ओलीशान्दार  विजयी भएर मा शान्दार विजयी र विजयी सभा गरेको केहि वेल लगत्तै नेकपा एमाले गुल्मीले मुसिकोट नगरपालिकामा  पनि शान्दार जित हाता पारेको छ । एमाले विजयी  ६६६८० प्राप्त गरेको थिए । पराजित सापकोटाले ५५८७ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपमेयरमा पनि एमालेकै कमला शर्मा ६६०७० मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्धन्द्धी कांग्रेस उमेदवार विष्णुकुमारी सापकोटाले विष्णु कुमारी सापकोटा ५७१६ मत प्राप्त गरेर पराजित भएकी हुन् ।

मध्यरातको पानीले आधा दर्शन गाउँ डुवानमा, राजविराजमा १५ सय परिवार जोखिममा

राजविराज – शुक्रवार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जीता लगायतका नदीको वाढिले नगरपालिकाको २ वटा वडाका साथै आधा दर्जन गाउँ डुवानमा परेका छन् ।
वाढिवाट राजविराज नगरपालिकाको वडा नं। ९ र १० का साथै मैनाकडेरी, वसविट्टि, तिलाठि, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा, मलहनीया लगायतका गाउँ डुवानमा परेका छन् ।  गाउँमा वाढि पसेकाले ३ फिटसम्म पानी जमेको छ । अकस्मातको वाढिले आधा दर्जन फुसको संरचना भएका
घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अन्य सरसमान वगाएको राजविराज नगरपालिका वडा नं। १० डुमरी गाउँका परशुराम यादवले वताए

उक्त वडाका डेढ सय परिवार वाढिको उच्च जोखिममा छन् । एक्कासी आएको वाढिले मलेठ स्थित मोयासिनको कुखुरा फर्ममा रहेका १ हजार २ सय कुखुरा र अन्नपात वगाएर लगेको पीडितले वताए । मलेठ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न हुँदा ठप्प भएको छ । वाढि औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगहर भित्र पानी पस्दा ठुलो क्षती भएको उद्योगका संचालकहरुले वताएका छन् ।
यस्तै रुपनी गाउँपालिका २ मा वाढि पस्दा १ सय घर डुवानमा परेका छन् ।
स्थानीयको खेतवारी वगाउनुका साथै पानी वस्तिमा छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेको स्थानीयवासी दिनेश यादवले वताए । गतवर्ष गाउँमा पसेको
वाढिले गरेको क्षती नविर्सदै फेरी यो वर्ष पनि वाढिले दुःख दिन थालेको उनको भनाई छ । त्रासका कारण स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेको जानकारी पनि दिए । वाढिले सडक कटान गर्दा राजविराज
कुनौली सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक अनुराग द्विवेदीले वाढिले जिल्लाका १५ सय परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको वताए । उनले वाढिवाट जोगाउन ठाउँ ठाउँमा अस्थायी वाँध वनाउने काममा प्रहरी खटिएको जानकारी दिए । उनी आफैपनि शनिवार विहानै देखि वाढि प्रभावित क्षेत्रमा उद्धार र पिडितहरुलाई सुरक्षित स्थानमा सार्ने काममा
ब्यस्त देखिन्थे । उनले श्रोत साधनले भ्याएसम्म वाढिवाट हुने सम्भावित क्षेती रोक्न आवश्यक सवै पहल थालिएको जनाएका छन् । यसैविच जिल्लाको लौनियाँमा खोलाले वताएर ल्याएको एक पुरुषको मृत शरिर प्रहरीले फेला पारेको छ । पहिचान खुल्न नसकेको मृतक वारे आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक द्विवेदीले जनाएका छन् । शडेगलेको अवस्थामा फेला परेको उक्त शव हत्या हो वा प्राकृतिक दुर्घटना हो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई केन्द्रित गरिरहेको उनले वताए ।
यता, जिल्लाको रुपनी गाउँपालिकाका वासिन्दाले यथाशिघ्र आफुहरुलाई सुरक्षित र भयमुक्त वातावरण वनाउन प्रशासनसँग माग गर्दै रुपनी राजविराज
सडक खण्ड अवरुद्ध पारेका छन् । वर्षायाममा प्रत्येक वर्ष वाढिका कारणठुलो क्षती ब्यहोर्नु पर्दा पनि प्रशासनले दिर्घकालिन समाधान खोज्न
नसकेकाले विरोध स्वरुप चक्का जाम गरिएको स्थानीयको भनाई छ ।

विद्यार्थी सङ्ख्या घटबढ भए पनि त्रिविको प्रभाव उस्तै

काठमाडौँ – मुलुककै अगुवा र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी सङ्ख्यामा उतारचढाव आए पनि यसको राष्ट्रिय गरिमा र प्रभाव कायमै छ ।

स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी सङ्ख्या बढ्न सकेको छैन ।
विसं २०७१ मा कीर्तिपुर क्याम्पसबाट सुरु भएको सेमेस्टर प्रणाली हाल काठमाडौँ उपत्यकाका क्याम्पसहरुमा लागू भएको छ । यो प्रणालीमा नियमित पढाइ, हाजिरी र मूल्याङ्कन हुने हुँदा गुणस्तर बढेको त्रिवि नेतृत्वको भनाइ छ भने तयारीबिना यो प्रणाली आएकाले यसको दिगोपना र विद्यार्थी टिक्ने क्षमताबारे विभिन्न प्रश्न पनि उठेका छन् ।

हाल मुलुकका सबै विश्वविद्यालय वा उच्च शिक्षा क्षेत्रको सबभन्दा बढी भार अर्थात् ८२ दशमलव २ प्रतिशत विद्यार्थी त्रिविसँगै छ । हाल त्रिविबाहेक अन्य नौ विश्वविद्यालय सञ्चालित छन् । हालै खुल्ला विश्वविद्यालय स्थापित भए पनि त्यसले प्राज्ञिक कार्य सुरु गरिसकेको छैन । त्रिवि ऐन, २०४९ बमोजिम सञ्चालित त्रिविलाई सरकारले २०६९ मा केन्द्रीय विश्वविद्यालयको मान्यता दिइसकेको छ । कीर्तिपुरको केन्द्रीय कार्यालयमा यसको ४२ रोपनी जग्गा छ ।

नेपालमा पहिलो विश्वविद्यालयका रुपमा २०१६ यो संस्थाको स्थापना भएको थियो । विसं १९७५ मा भारतको कलकता विश्वविद्यालय र त्यसपछि पटना विश्वविद्यालयको स्वीकृतिमा त्रिचन्द्र कलेज स्थापना भएको थियो । त्रिवि स्थापना हुनुअघि चलेका १६ निजी कलेजलाई समायोजन गरेर त्रिवि बनेको हो । त्रिविका क्याम्पसलाई थप स्वायत्त बनाउँदै मानित विश्वविद्यालयको अवधारणामा लाने छलफल पनि चलिरहेको छ । त्रिवि र अन्य विश्वविद्यालयलाई बजेट विनियोजन, अनुदान र अनुगमनको काम विश्वविद्यालय अनुदान आयोगले गर्छ ।

विश्वका प्रख्यात विश्वविद्यालयमा बेलायतको अक्सफोर्ड र क्याम्ब्रिज, संयुक्तराज्य अमेरिकाको हारवर्ड, जापानको टोकियो, चीनको पेचिङ र भारतको दिल्ली विश्वविद्यालय अगुवा विश्वविद्यालय हुन् । आजभन्दा ९२० वर्षअघि सन् १०९७ मा बेलायतमा अक्सफोर्ड विश्वविद्यालय स्थापना भएको थियो ।

हाल उच्चशिक्षा क्षेत्रमा कुल चार लाख ४१ हजार ४६१ रहेको आर्थिक वर्ष २०७३÷७४ को आर्थिक सर्वेक्षणले देखाएको छ । आव २०६९÷७० मा त्रिविमा मात्र कुल पाँच लाख चार लाख ४३७ विद्यार्थी थिए भने आव २०७१÷७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी थिए । आव २०७२÷७३ मा ३२ दशमलव ९४ प्रतिशत वृद्धि भई तीन लाख ६० हजार २५४ पुगेको छ । यो नै अहिलेको त्रिविको विद्यार्थी सङ्ख्या हो । हाल त्रिविमा शिक्षक र कर्मचारीको सङ्ख्या झन्डै १५ हजार(सात हजार ५९२ शिक्षक र सात हजार २६७ कर्मचारी) छन् ।

राजनीतिक भागबन्डा, पदाधिकारीबीचको बेमेल, विद्यार्थीको हडताल, प्राध्यापकहरु त्रिविभन्दा बाहिर व्यस्त हुने, अपर्याप्त आधुनिक प्रविधि, अस्तव्यस्त वार्षिक क्यालेन्डर, समयसापेक्ष पाठ्यक्रम अभाव, प्राविधिक र व्यावसायिक शिक्षामा कम प्राथमिकता, अनुसन्धान केन्द्रहरु कामविहीन हुनु त्रिविका चुनौती हुन् । प्रवीणता प्रमाणपत्र तह विस्थापन र निजी क्षेत्रका कलेजको विस्तार तथा त्यहाँ देखिने अस्वस्थ प्रतिस्पर्धासँगै त्रिवि ओझेल पर्न खोजे पनि यसको भरपर्दो विकल्प तयार हुन सकेको छैन । सुलभ शुल्कका साथै बिहानी, दिवा र रात्रि सत्रका कक्षा सञ्चालनका कारण विपन्न र मध्यम वर्गका विद्यार्थीको रोजाइ त्रिवि हुँदै आएको छ । इन्जिनियरिङ, चिकित्सा, कृषि र वन विज्ञानजस्ता विषयमा त्रिविको उत्पादन अब्बल देखिन्छ भने मानविकी, सामाजिक शास्त्रजस्ता विषयका शोधपत्रहरु भाडामा तयार गरिने प्रवृत्तिले गुणस्तर खस्केको छ ।

वार्षिक करिब रु १५ अर्ब बजेट भएको त्रिविबाट बर्सेनि विभिन्न तहमा भर्ना हुने र उत्तीर्ण हुनेको सङ्ख्यामा उतारचढाव भइरहन्छ । उत्तीर्ण हुनेमध्ये सबैले त्रिविबाट दीक्षित हुन नचाहनुले यसको आकर्षण घटेको त होइन भन्ने प्रश्न पनि उठ्ने गर्छ । विसं २०७३ पुस १४ त्रिविले ४२आँै दीक्षान्त समारोह गर्दा ८३ हजार ४२५ दीक्षित हुन योग्य थिए तर नौ हजार ७३४ ले मात्रै दीक्षान्त समारोहमा भाग लिन आवेदन दिए ।

विभिन्न अध्ययन संस्थान तथा सङ्कायमा ६० आङ्गिक र एक हजार ८४ सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिका कार्यक्रममा मुलुकभित्रका मात्र होइन विदेशका विद्यार्थीसमेत त्रिविमा पढ्न आउने क्रम देखिएको छ । विश्वका १५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग त्रिविले शैक्षिक, भौतिक, प्राज्ञिक र मानव संसाधनका क्षेत्रमा सहयोग आदानप्रदान गर्दै आएको हो । त्रिविले चाँडै इन्टिग्रेटेड माउन्टेन स्टडी सुरु गर्दैछ जहाँ हिमालयन रेन्जमा भएका २३ मुलुकबाट विद्यार्थी आउने अपेक्षा गरिएको छ ।

मुलुकको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम मानव स्रोत संसाधन तयार गर्ने र उच्चशिक्षामा स्तरीय ज्ञान दिने लक्ष्य त्रिविले बोकेको छ । संस्कृति र परम्पराको विकास र संरक्षण, कला, विज्ञान, प्राविधिक र व्यावसायिक क्षेत्रमा समयसापेक्ष, बृहत्, प्रयोगशील ज्ञानको सिर्जना र अनुसन्धानमा संलग्न हुने पनि यसको उद्देश्य देखिन्छ ।

उपकुलपति प्रा डा तीर्थराज खनियाँ केन्द्रीय क्याम्पस कीर्तिपुरलाई सेमेस्टर प्रणालीसँगै उत्कृष्टताको नमुना (सेन्टर फर एक्सिलेन्स) को मान्यताका साथ प्रविधिको अधिकतम उपयोग गरी इन्टरनेट सेवाको माध्यमबाट दूर शिक्षा र अनलाइन शिक्षा प्रदान गरी नियमित कक्षाकोठामा उपस्थित हुन नसक्ने टाढा टाढाका विद्यार्थीलाई समेत शिक्षा दिन थालिएको बताए । त्रिवि केन्द्रीय क्याम्पसमा उत्तीर्ण दर ८० प्रतिशत भए पनि अन्य क्याम्पसको उत्तीर्ण दर ५० प्रतिशत नाघ्न सकेको छैन ।

उनी विज्ञान विषय अध्ययनका लागि चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा उच्चस्तरको विज्ञान तथा प्रविधि केन्द्रको स्थापना हुनु र रिमोट सेन्सिङ सेटलाइट स्थापना हुँदै विज्ञान विषयका विद्यार्थी चीनमा गएर अध्ययन अनुसन्धान गर्न थाल्नु आफ्नो कार्यकालको उपलब्धि मान्छन् । ‘विद्यार्थी सङ्ख्या कति छन् भन्दा पनि गुणस्तर अभिवृद्धि र संसारभर चलेका चल्तीको विश्वविद्यालयमा विकसित गर्ने लक्ष्य महत्वपूर्ण हो,’ उपकुलपति डा खनियाँले भने – ‘त्रिवि अल्मुनाइ गठन, स्ववियु निर्वाचन, कृषि र वन विश्वविद्यालय तथा त्रिविको भौतिक पूर्वाधार विषयको विवादको समाधान पनि हामीले गरेका छौँ । अहिले पनि मुख्य जोड गुणस्तर वृद्धिमै दिएका छौँ ।’

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय त्रिवि नेतृत्व सहभागितामूलक हिसाबले अघि बढ्न सकेको भए थप उपलब्धि हासिल हुन सक्ने बताउनुहुन्छ । उपाध्याय भने – ‘त्रिविले केही गरेको छैन भन्न खोजेको होइन तर मिलेर गरेको भए यसभित्रका अन्य बेथिति अन्त्य गर्न सकिन्थ्यो ।’ सहभागिताको अर्थ राजनीतिक भागबन्डा नभई सुधारको काममा सबैको साथ लिन सक्नु हो भन्दै उनले त्रिविले प्राध्यापकहरुलाई दक्षिण एसियाली मुलुकस्तरको सेवा सुविधा दिनुपर्ने धारणा राखे।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष डा यादवप्रकाश लामिछाने हचुवाको भरमा सेमेस्टर प्रणाली लागू भएका कारण विद्यार्थी घट्ने खतरा बढेको र विश्वविद्यालयमा पूर्वाधार एवम् विज्ञान प्रविधिको प्रयोग नहुँदा अहिले पनि २० वर्ष पुरानै नोट बुक पुस्तकका आधारमा पढ्नु, पढाउनु पर्ने बाध्यता रहेको बताए ।

डा लामिछानेले भने – ‘त्रिविको आफ्नै पहिचान भए पनि यसको आन्तरिक र बाह्य वातावरण बिग्रनुमा उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारबीच तालमेल नहुनु हो । तालमेल नहुँदा समयमा सही निर्णय हुन सक्दैन । त्यसको असर गुणस्तरमा परिरहेको छ ।’रासस

सुर्खेतका रणबहादुरले छातीमा छुरा हानेर आफ्नै बावुलाई मारे

आकाश तारा बयक
सुर्खेत – पूर्वी सुर्खेतको गुर्भाकोटमा छोराले आफ्नै बाबुको छातीमा छुरा घोपेर हत्या गरेका छन् । एक दिन पहिले भारतबाट गुर्भाकोट नगरपालिका–१४, पण्डितकान्ला घर आएका रणबहादुर विकले शुक्रबार ८ राती आफ्नै पिता अमरबहादुर विकको छातीमा छुरा घोपेर हत्या गरेको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

घरमा आमा, भाईबहिनीलाई बाबुले मदिरा सेवन गरी सास्ती दिने गरेको सुनेपछि प्रतिशोधमा भारतबाट आएर बाबुको हत्या गरेको अभियुक्त रणबहादुरले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

छिन्चु ईलाका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) ध्रुवबहादुर थापाले २० वर्षिय रणबहादुरले भारतदेखि नै पिताको हत्या गर्ने योजना अनुसार घर पुगेको १ घण्टामै घटना घटाएको बताए । उनले घटनास्थलबाट मृत्तकले नै राखेको एउटा भरुवा बन्धुक र दुई थान खुकुरी वरामद गरेको जानकारी दिए ।

 

उनका अनुसार पिताको हत्या गरि फरार हुन खोजेका रणबहादुरलाई प्रहरीले शनिबार बर्दियाको बबईबाट पक्राउ गरेको हो । मृत्तकको आजै मेहलकुना अस्पतालमा पोष्टमाटम भई सकेको प्रहरीको भनाइ छ । ४० वर्षिय मृत्तक अमरबहादुरका तीन छोरा र चार छोरी रहेका छन भने श्रीमती ४ दिनदेखि माइत गएको बताईएको छ ।

११९ को आयो नतिजा एमाले माओबादी रफ्तारमा, कांगेस किन रोकियो ?

११९ को आयो नतिजा एमाले माओबादी रफ्तारमा, कांगेस किन रोकियो ?

असार १४ गते भएको स्थानिय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । यस अहिलेसम्म १ सय १९ स्थानको नतिजा प्राप्त भएको छ । नतिजाअनुसार नेकपा एमालले ५८ स्थानमा विजयी हुँदै अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ३८ स्थानमा जित हाँसिल गरेको छ भने माओवादी केन्द्रले २० स्थानमा जित हाँसिल गरेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हाँसिल गरेको छ । स‌ंघिय समाजवादी फोरमले १ स्थानमा जित हाँसिल गरेको छ ।

 

जम्मा घाेषित परिणाम– ११९

नेकपा एमाले विजयी– ५८

नेपाली काँग्रेस– ३८

माअाेवादी केन्द्र– २०

राष्ट्रिय जनमाेर्चा– २

संघीय समाजवादी फोरम – १

 

प्रमुख पदमा विजयी

नेकपा एमाले

1 बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत

2 बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही

3 खाेटाङकाे जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार शंकर राई

4 डडेल्धुराको अमरगढी नगरपालिका- विपिन ओझा (मेयर )

5 बाजुराकाे गौमुल गाउँपालिका, अध्यक्ष, हरि रोकाय

6 बैतडीकाे पन्चेश्वर गाउँपालिका, प्रमुख, गोरख चन्द

7 बिजय रार्इ, प्रमुख, रामप्रसादराई गाउँपालिका, भोजपुर

8 ताप्लेजुङको मैवाखोला गाउँपालिकामा राजन थुक्लुङ (प्रमुख)

9 बझाड. थलरा गाउँपालिका, अध्यक्ष, भुबनेश्वर पाध्या

10 बझाङको बित्थडचिर गाउँपालिका, अध्यक्ष प्रेमवहादुर बोहोरा

11 बझाङको दुर्गाथली गाउँपालिका, अध्यक्ष प्रयागराज जोशी

12 बझाङको मष्टा गाउँपालिका, अध्यक्ष कर्णबहादुर कठायत

13 बझाङको पाण्डव गुफा गाउँपालिका, अध्यक्ष एेना गिरी

14 धनकुटाकाे खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, अध्यक्ष मनोज रार्इ

15 नवलपरासीकाे त्रिवेणीसुस्ता गाउँपालिका, अध्यक्ष रामप्रसाद पाण्डे

16 उदयपुरकाे ताप्ली गाउँपालिका, अध्यक्ष उद्दवसिंह थापा

17 दार्चुलाको अपिहिमाल गाउँपालिका, अध्यक्ष धर्मानन्द सिंह

18 दार्चुलाको लेकम गाउँपालिका, अध्यक्ष परमानन्द जाेशी

19 बझाङकाे तेलकाेट, अध्यक्ष, लालबहादुर विष्ट

20 इलाम, सन्दकपुर गाउँपालिका, अध्यक्ष, उदय राई

21 भोजपुरको हतुवागढी नगरपालिका, मेयर प्रेमबहादुर राई

22 डाेटी, पूर्वीचौकी गाउँपालिका, अध्यक्ष, दीघं बोगटी

23 डडेल्धुरा, नबदुर्गा गाउँपालिका, अध्यक्ष कबेन्द्र बहादुर बिष्ट

24 ताप्लेजुड., मिक्ध्चाखोला गाउँपालिका, अध्यक्ष, रामकुमार साँवा

25 संखुवासभा मादी, बिदुर लिंथेप

26भोजपुर, ट्याम्केमैयुम, धु्रवराज राई

27 पाँचथर, हिलिहाड. गाउँपालिका, भुवानीप्रसाद लिंडदेन

28 पाल्पा, तिनाउ गाउँपालिका, ओमबहादुर घर्ति

29 गुल्मी, रेसुड.गा नगरपालिका, मेयर डिल्लीराज भुसाल

30 भोजपुर, पौवाटुम्पा गाउँपालिका, अध्यक्ष किरण राई

31 बाजुरा, स्वामिकार्तिक गाउँपालिका, अध्यक्ष चिरन्जिवि शाही

32 पाल्पा, निस्दी गाउँपालिका, अध्यक्ष मुक्तबहादुर सारू

33 खाेटाङ, लामिडाँडा गाउँपालिका, अध्यक्ष लिला निराैला

34 गुल्मी, मालिका गाउँपालिका, रितबहादुर थापा

35 धनकुटा, पाख्रिवास नगरपालिका, बिर्खबहादुर रार्इ

36 गुल्मी, रूरू नगरपालिका, अध्यक्ष निलकण्ठ गाैतम

37 प्यूठान, सरूमारानी गाउँपालिका, अध्यक्ष झगबहादुर बिक

38 तेह्रथुम, मेन्छयायाम गाउँपालिका, अध्यक्ष यादवबहादुर खापुङ

39 साेलुखुम्बु, दुधकाेशी गाउँपालिका, अध्यक्ष बुद्धिकिरण रार्इ

40 साेलुखुम्बु, साेताङ गाउँपालिका, अध्यक्ष बीरबहादुर रार्इ

41 धनकुटा, छथर जाेरपाटी गाउँपालिका, अध्यक्ष शेरबहादुर लिम्बु

42 दार्चुला, नौगाढ गाउँपालिका, अध्यक्ष प्रेमसिँह धामी

43 रोल्पा त्रिवेणी गाउँपालिक, अध्यक्ष शान्तकुमार ओली

44 पाल्पा, पूर्वखोला गाउँपालिका, अध्यक्ष नुनवहादुर थापा

45 धनकुटा, चौबिसे गाउँपालिका, अध्यक्ष खजिन्द्र राई

46 संखुवासभा, सभापोखरी गाउँपालिका अध्यक्ष, रत्न सुब्बा

47 पाँचथर, कुम्मायक गाउँपालिका, अध्यक्ष जयवहादुर चेम्जोङ

48 इलाम, चुलाचुली गाउँपालिका, अध्यक्ष प्रदिपचन्द्र रार्इ

49 धनकुटा, साँघुरीगढी गाउँपालिका, अध्यक्ष कुमारजंग याख्खा

50 कैलाली, चुरे गाउँपालिका, अध्यक्ष धनवहादुर रोक्कामगर

51 डोटी, सायल गाउँपालिका, अध्यक्ष तेजबहादुर डुम्रेल

52 भाेजपुर, हतुवागढी गाउँपालिका, अध्यक्ष प्रेमकुमार राई

53 गुल्मी, मुसिकोट नगरपालिका, मेयर सोमनाथ सापकोटा

54 गुल्मी, छत्रकोट गाउँपालिका, अध्यक्ष मधुकृष्ण पन्त

55 उदयपुर, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानवहादुर केप्छाकी मगर

56 उदयपुर, रौतामाई गाउँपालिका, अध्यक्ष गजेन्द्रवहादुर खड्का

57 प्युठान, माण्डवी गाउँपालिका,अध्यक्ष श्रीधर रोका

58 बझाङ, जयपृथ्वी नगरपालिका मेयर वीरेन्द्र खड्का

नेपाली कांग्रेस

1 संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा (अध्यक्ष)

2 संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई (अध्यक्ष)

3 बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी (अध्यक्ष)

4 बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत (अध्यक्ष)

5 बाजुरा बडिमालिका नगरपालिका – पदम बडुवाल(मेयर)

6 गुल्मी, दरबार गाउँपालिका, अध्यक्ष अशोककुमार बिष्ट

7 दार्चुला, महाकाली गाउँपालिका अध्यक्ष हंसराज भट्ट

8 डडेल्धुराकाे आलिताल गाँउपालिका, अध्यक्ष बलबहादुर गुरूङ

9 डडेल्धुराकाे भागेश्वर गाउँपालिका, अध्यक्ष काैशल्या भट्ट

10 डाेटीकाे केअाइसिं गाउँपालिका, अध्यक्ष लाेकेन्द्र शाही

11 डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका, अध्यक्ष नवलसिंह मल्ल

12 बाजुराको हिमाली गाउँपालिका, अध्यक्ष गाेबिन्द बहादुर मल्ल

13 खाेटाङकाे एेंसेलु खर्क गाउँपालिका, अध्यक्ष विश्वनाथ निराैला

14 गुल्मी, चन्द्रकोट गाउँपालिका, अध्यक्ष, दोर्ण खत्री

15 भोजपुर, भोजपुर नगरपालिका, मेयर, कैलाशकुमार आले

16 बझाड., बंगल नगरपालिका, मेयर, धनबहादुर बिष्ट

17 ताप्लेजुड., आडराई त्रिबेणी गाउँपालिका,विश्व सिटौला

18 बैतडी, दशरथचन्द्र नगरपालिका, मेयर, नरेन्द्रसिंह थापा

19 डोटी, बडिकेदार गाउँपालिका, अध्यक्ष,कृष्णबहादुर चन्द

20 बैतडी, सुनर्या गाउँपालिका, अध्यक्ष, बीरबहादुर बिष्ट

21 पाँचथर, तुम्वेवा गाउँपालिका, अध्यक्ष, होमनाथ थापा

22 गुल्मी, चन्द्रकोट गाउँपालिका, अध्यक्ष, द्रोण खत्री

23 नवलपरासी, प्रतापपुर गाउँपालिका, अध्यक्ष राजकुमार शर्मा

24 ताप्लेजुड. मेरिड.देन गाउँपालिका,अध्यक्ष, गणेशप्रसाद चोड्वाड.

25 अछाम, कमलबजार नगरपालिका, मेयर ओमप्रकाश श्रेष्ठ

26 भाेजपुर, अरूण गाउँपालिका, अध्यक्ष गजेन्द्रबहादुर कार्की

27 दाङ, राजपुर गाउँपालिका, अध्यक्ष लोकराज केसी

28 दार्चुला, मालिकाअर्जुन गाउँपालिका, अध्यक्ष नरेन्द्रसिंह धामी

29 खाेटाङ, दिप्रुङ गाउँपालिका, अध्यक्ष भूपेन्द्र रार्इ

30 संखुवासभा, भाेटखाेला गाउँपालिका, अध्यक्ष पेम्बा भाेटे

31 बझाङ, सुर्मा गाउँपालिका, अध्यक्ष नरबहादुर बाेहरा

32 नवलपरासी, सुनवल नगरपालिका, मेयर भरत थापा

33 पाल्पा, माथागढी गाउँपालिका, अध्यक्ष सन्तोषकुमार थापा

34 वैतडी, शिवनाथ गाउँपालिका, अध्यक्ष कर्णसिंह साउद

35 बाजुरा, त्रिवेणी नगरपालिका, अध्यक्ष रामसिंह रावल

36 अर्घाखाँची, छत्रदेव गाउँपालिका, अध्यक्ष लेखनाथ पाेख्रेल

37 कैलालीको जोशीपुर गाउँपालिका , अध्यक्ष रामकृष्ण चौधरी

38 बर्दियाकाे गुलेरिया नगरपालिकामा नेपाली काँग्रेसका मुक्तिनाथ यादव

माओवादी केन्द्र

1 सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

2 सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष – सागर किराती

3 रुकुम, पुथाउत्तरगंगा गाउँपालिका, अध्यक्ष ओमप्रसाद घर्ति

4 दाङ, बंगलाचुली गाउँपालिका, अध्यक्ष भक्तबहादुर ओली

5 रुकुमको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा

6 डडेल्धुराका अजमेरू गाउँपालिका, अध्यक्ष उमेश भट्ट

7 रूकुमकाे सिस्ने गाउँपालिका, अध्यक्ष कुमारी बराल गाैतम

8 रोल्पा, थवाङ गाउँपालिका, अध्यक्ष, वीरबहादुर घर्ती

9 कन्चनपुर, लालझाडी गाउँपालिका, अध्यक्ष, मदन बडायक

10 रोल्पा, सुनछहरी गाउँपालिका, अध्यक्ष, आशबहादुर पुनमगर

11 डोटी, बोगटान गाउँपालिका, अध्यक्ष, कमल गडिसला

12 भाेजपुर, अामचाेक गाउँपालिका, अध्यक्ष अशाेक रार्इ

13 दार्चुला, मार्मा गाउँपालिका, अध्यक्ष जमनसिंह धामी

14 खाेटाङ, साकेला गाउँपालिका, अध्यक्ष अर्जनुकुमार खड्का

15 अाेखलढुंगा, चिसंखुगढी गाउँपालिका, अध्यक्ष निशान्त शर्मा

16 रोल्पा, सुकिदह गाउँपालिका, अध्यक्ष वीरबहादुर केसी

17 रोल्पा, माडी गाउँपालिका, अध्यक्ष, नन्दबहादुर पुनमगर

18 गुल्मी, धुर्कोट गाउँपालिका, अध्यक्ष भुपाल पोख्रेल

19 रोल्पा, रोल्पा नगरपालिका, अध्यक्ष पुर्ण केसी

20 उदयपुर, को सुनकोशी गाउँपालिका अध्यक्ष मेजरकुमार राई

राष्ट्रिय जनमाेर्चा

1 प्युठान मल्लरानीमा प्रमुख र उपप्रमुख

2 प्यूठान, झिमरुम गाउँपालिका, अध्यक्ष तिलक जिसी

संघीय समाजवादी फोरम

1 बाँके नरैनापुर गाउँपालिका, अध्यक्ष, ईस्तियाक अहमद शाह

उदयपुरको ताप्ली गाँउपालिकामा २३ मतले स्वतन्त्र उमेदवारलाई हराउँदै एमाले विजयी

उदयपुर,असार १६ (सेतोपाटी)

स्थानीय तह निर्वाचन अन्तर्गत उदयपुरको ताप्ली गाँउपालिकामा २३ मतले स्वतन्त्र उमेदवारलाई पछि पार्दै एमालेका उद्धवसिंह थापा प्रमुखमा र उप प्रमुखमा एमालेकै कमलामाया राई बिजयी भएकी छन्।

थापाले १२ सय ९१ र राईले १८२१ मत साथ विजयी भएका हुन्।

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!