आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोटमा नेपालको तेस्रो जित

सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दीप सुनारले २६ र प्रकाश केसीले २३ रन बनाए

सिंगापुरका विक्रमवीर विश्वरायले ३, सुनिल आर्यमन र आहन गोपिनाथले २÷२ विकेट लिए

१६९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६.५ ओभरमा अलआउट भयो

सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्तले २५, युवराज सिंहले १९, हान्सुल दिपले ३२ रन बनाउनुबाहेक अरुले दोहोरो अंक बनाउन सकेनन्

नेपालका कप्तान सन्दीप लामिछानेले ४, किशोर महत, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले समान २/२ विकेट लिए

डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो अर्को खेलमा मलेसियालाई ५ विकेटले हराएको नेपाल बिहीबार भएको खेलमा भने अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले न्यूजिल्यान्डमा हुने यु१९ विश्वकप खेल्न पाउनेछ

प्रतिबन्धित अन्जन बिष्टको स्थानमा सन्जोग राइले कप्तान विमल घर्ती मगरसँग आक्रमणमा सहयोग गर्नेछन्।

काठमाडौँ – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम खेल खेल्दैछ।

उज्वेकिस्तानविरुद्धको खेलमा पछिल्लो २ खेलमा पहेंलो कार्ड पाएका कारण फरवार्ड अन्जन बिष्ट उपलब्ध नभएपछि प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा सन्जोग राईलाई सुरुवाती ११मा उतारेका छन्।

डिफेन्समा अनन्त तामाङ र गौरब बुढाथोकीलाई कमल श्रेष्ठ र दिनेश राजवंशीले साथ दिनेछन्। मिडफिल्डमा विश्वास श्रेष्ठ र सुनिल बल विङ्गरका रुपमा खेल्नेछन् भने हेमन गुरुङ र सुमन लामा सेन्टर मिडफिल्डमा रहनेछन्। आक्रमणमा कप्तान विमल घर्ती मगरसँग सन्जोग राइ रहनेछन्।

सुरुवाती ११:

गोलरक्षक: : एलन न्यौपाने

डिफेन्स : दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – कमल श्रेष्ठ

मिडफिल्ड : सुनिल बल – सुमन लामा – हेमन गुरुङ – विश्वास श्रेष्ठ

आक्रमण : सन्जोग राइ – विमल घर्ति मगर (कप्तान)

एएफसी च्याम्पियनसिपमा सहभागी हुने नेपाली फुटबल टोलीलाई बिदाइ

काठमाडौं, असार २८ । युएईमा शनिबारदेखि हुने एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

बिहीबार युएई जाने फुटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेक्समा बुधबार आयोजित कार्यक्रममा सफलताको शुभकामनासहित राष्ट्रिय झन्डा दिएर बिदाइ गरे ।

सन् २०१८ मा चीनमा हुने फाइनल चरणको च्याम्पियनसिपको छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनन छन् । उद्घाटन खेलमा नेपालले शनिबार युएइईसँगै खेल्दैछ ।

प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनल प्रतियोगिताको लागि छनोट हुने प्रावधान छ ।आयोजकका हैसियतले चीन भने प्रतियोगितामा सीधै छनोट हुनेछ ।

असार ३१ देखि श्रावण ४ सम्म हुने प्रतियोगिताको शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक युएईको सामना गर्दैछ। दोश्रो खेलमा सोमबार त्यसै समयमा उज्बेकिस्तान र नेपालले खेल्नेछन्। अन्तिम खेल भने लेबनानसँग रातको ११:०० बजे बिहिबार खेलिनेछ।

टोलीमा रहने २३ सदस्यीय टोलीको यसअघिनै घोषणा भइसकेको छ। विमल घर्ती मगर कप्तान रहेका टोलीका मुख्य प्रशिक्षकमा राजु काजी शाक्य रहेका छन्।

प्रतियोगिताको तयारीका लागि नेपालले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई १-०ले पराजित गरेको थियो

.

२३ सदस्यीय खेलाडीको नाम:

गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी
रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी
मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत
फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ

विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन

काठमाडौं, असार २७ – बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा विमल घर्तिमगर घाइते भएका छन् । पहिलो हाफको २० मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका विमल ३१ औं मिनेटमा घाइते भए र मैदान छाडे । पहिला पनि कुममा चोट लागेका विमलको कुममा खेलका क्रममा मंगलबारको खेलमा फेरि समस्या देखिएको हो ।

एएफसी २३ वर्षमुनीको च्याम्पियनसिप छनौटको खेल विमलले गुमाउने हुन् कि भन्ने चिन्ता थियो । तर खेलपछि भएको पत्रकार सम्मेलनमा विमलले आफू सामान्य अवस्थामा रहेको जानकारी गराएका छन् । ‘यो पहिला देखिकै घाइते हो, आज पनि समस्या देखिएको हो, त्यस्तो धेरै घाइते भएको होइन’ विमलले भने ।

एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोट अन्तर्गत नेपालले जुलाई १५ देखि १९ सम्म यूएई, उज्वेकिस्तान र लेवनानसँग यूएईमा खेल्नेछ । बंगलादेशले भने जोर्डन, ताजकिस्तान र प्यालेस्टाइन रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ ।

‘जिम्मेवारीले राम्रो प्रदर्शन गर्न थप उर्जा मिल्छ’ – यू२३ कप्तान विमल घर्तिमगर

काठमाडौँ – नेपाल यू२३ राष्ट्रिय टोलीका कप्तान विमल घर्तीमगरले कप्तानीको जिम्मेवारीले व्यक्तिगत रुपमा प्रदर्शन राम्रो हुने विश्वास लिएका छन्। आगामी असर ३१ बाट युएईमा सुरु हुने एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका लागि घोषित २३ सदस्यीय अन्तिम टोलीमा युवा फरवार्ड विमललाई कप्तानको जिम्मेवारी दिइएको थियो।

यू२३ टोलीका कप्तान विमल घर्ती मगर

यसअघि पनि उमेर समूहका प्रतियोगिताहरुमा टोलीको नेतृत्व गरिसकेका विमलले यसपाली पनि उक्त जिम्मेवारी पाएका छन्। एएफसी यू१६ च्याम्पियन्ससिपको अन्तिम चरणमा टोलीको कमान सम्हालेका विमल २ वर्षअघि साफ यू१९ जित्दा टोलीका कप्तान थिए। यसपटक उनलाई टोलीको कप्तान तोकिंदा उनकै समकालीन खेलाडी अनन्त तामाङले उपकप्तानको जिम्मेवारी पाएका छन्।

.

कप्तानको जिम्मेवारी पाएसँगै विमलले आफुले अझै राम्रो प्रदर्शन गर्न यसले उर्जा थप्ने बताए।म हाम्रो प्रशिक्षक र सम्पूर्ण टोलीलाई म माथि गर्नुभएको विश्वासको लागि आभारी छु। म टोलीको कप्तानको रुपमा छिर्दा म माथि थप राम्रो प्रदर्शन गर्ने उर्जा थपिएको छ। टोलीको राम्रो प्रदर्शन गर्न थप जिम्मेवारी मैले सकारात्मक रुपमा लिएको छु।

.

उनले आफ्नो समर्थकहरुलाई पनि निरन्तर साथ र सहयोगका लागि धन्यवाद दिए।मलाई यहाँसम्मम आइपुग्दा साथ र सहयोग गर्नुहुने सम्पूर्ण समर्थक र शुभचिन्तकलाई मा धन्यवाद भन्न चाहन्छु। यहाँहरुको साथले नै मलाई राम्री प्रदर्शन गर्न प्रेरित गरिरहेको छ।

.

विमलको कप्तानीमा रहेको टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ भने टोली बिहिबार युएई तर्फ प्रस्थान गर्नेछ। राजु काजी शाक्यको मुख्य प्रशिक्षणमा रहेको २३ सदस्यीय अन्तिम टोलीले शनिबार आफ्नो पहिलो खेल खेल्नेछ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा, विमल घर्तीमगर कप्तान र अनन्त तामाङ उपकप्तान

काठमाडौं, असार २५ – आउँदो हप्ता युएईमा हुन लागेको २३ वर्षमुनिको एशिया कप छनौटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ २३ वर्षमुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले घोषणा गरेको यो टिमले भोलि मंगलबार एन्फा कम्लेक्स सातदोबाटोमा बंगलादेशसँगको २३ वर्षको मुनिको फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने छ टिममा बिमल घर्ती मगर कप्तान र अनन्त तामाङ उपकप्तान छन्

नेपाली टिम

एलन न्यौपाने               अशोक बराल                   किशोर गिरी                             अनन्त तामाङ
दिनेश राजवंशी               गौरव बुढाथोकी               कमल श्रेष्ठ                               अमित तामाङ
निरज बस्नेत               १० छिरिङ गुरुङ                  ११ लक्ष्मण जिसी                        १२ हेमन गुरुङ
१३ हेमन्त थापा मगर       १४ सुमन लामा                  १५ सुनिल बल                            १६ पुजन उपरकोटी
१७ तेज तामाङ                १८ द्रोण थापा                    १९ बिवेक बस्नेत                         २० बिमल घर्ती मगर
२१ अञ्जन विष्ट             २२ सञ्जोग गिरी                 २३ विश्वास श्रेष्ठ

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा, विमल घर्तीमगर कप्तान र अनन्त तामाङ उपकप्तान

काठमाडौं, असार २५ – आउँदो हप्ता युएईमा हुन लागेको २३ वर्षमुनिको एशिया कप छनौटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ २३ वर्षमुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले घोषणा गरेको यो टिमले पर्सि मंगलबार एन्फा कम्लेक्स सातदोबाटोमा बंगलादेशसँगको २३ वर्षको मुनिको फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने छ टिममा बिमल घर्ती मगर कप्तान र अनन्त तामाङ उपकप्तान छन्

नेपाली टिम

एलन न्यौपाने               अशोक बराल                   किशोर गिरी                             अनन्त तामाङ
दिनेश राजवंशी               गौरव बुढाथोकी               कमल श्रेष्ठ                               अमित तामाङ
निरज बस्नेत               १० छिरिङ गुरुङ                  ११ लक्ष्मण जिसी                        १२ हेमन गुरुङ
१३ हेमन्त थापा मगर       १४ सुमन लामा                  १५ सुनिल बल                            १६ पुजन उपरकोटी
१७ तेज तामाङ                १८ द्रोण थापा                    १९ बिवेक बस्नेत                         २० बिमल घर्ती मगर
२१ अञ्जन विष्ट             २२ सञ्जोग गिरी                 २३ विश्वास श्रेष्ठ

फिफा वरियतामा नेपालको वरियता खस्कियो,जर्मनी शीर्ष स्थानमा

काठमाडौं,असार २२अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको पछिल्लो वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरियतामा नेपालको नेपाल एक स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ।

दक्षिण एसियामा भारतले शीर्ष स्थानमा कायमै छ र ४ स्थान सुधार गर्दै ९६औं स्थानमा उक्लेको छ। भारत सन् १९९६ मा ९४औं स्थान सम्म पुगेको थियो। दक्षिण एसियाली क्षेत्रमा भारतसँगै माल्दिभ्स र भुटान नेपाल भन्दा अगाडी छन् भने बंगलादेश, श्रीलंका र पाकिस्तान पाल भन्दा पछि छ। १४ स्थान सुधार गरेको माल्दिभ्स १४२ तथा २ स्थान सुधार गर्दै भुटान १६४औं स्थानमा उक्लेको छ।

यता बंगलादेश पनि २ स्थान सुधार गर्दै १९०औं स्थानमा उक्लको छ। श्रीलंका १९७औं र पाकिस्तान २ सयौँ स्थानमा यथावत छ। यता भर्खरै सम्मपन्न कन्फेडेरेसन कपको उपाधि जितेको विश्व विजेता जर्मनी ब्राजिल र अर्जेन्टिनालाई पछि पार्दै विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ। जर्मनी शीर्ष स्थानमा उक्लेपछि ब्राजिल दोस्रो तथा अर्जेन्टिना तेस्रो स्थानमा झरेको छ। जर्मनी दुई स्थान सुधार गर्दै २ वर्षपछि शीर्ष स्थानमा पुगेको हो। चिली, कोलम्बिया, फ्रान्स र बेल्जियम क्रमशस् सातौँ, आठौँ, नौ र दशौँ स्थानमा झरेका छन्।