यौनसम्पर्क सम्बन्धी ७ अनौठा तथ्य जानी राखौं

१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ ।
२. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ ।
३. एक पुरुषबाट दुई सातामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन काफी हुन्छ ।
४. पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकाय (एमआई ६) का सदस्यहरुले वीर्यलाई अदृश्य मसीकारुपमा प्रयोग गर्न सकिने पत्ता लगाएका थिए । तर, गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।
५. वीर्य कम क्यालोरी भएको पदार्थ मानिन्छ । एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।
६. सेक्सले मूत्रमार्गको संक्रमणबाट जोगाउन मद्दत गर्छ ।
७. एक प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत् उत्तेजित हुन्छन् ।एजेन्सीको सहयोगमा

श्रीमान्सँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन सकिन:

श्रीमान्सँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन सकिन:
– करुणा कुँवर, मनोविद

म ३९ वर्षीया महिला हुँ । मेरा श्रीमान् ६० वर्षको हुनुहुन्छ र म उहाँकी तेस्री श्रीमती हुँ । हाम्रो विवाह भएको १५ वर्ष भयो । मेरी एक छोरी छिन् । अप्ठ्यारो परिस्थितीमा उहाँसँग मेरो विवाह भएको हो । हाल आएर श्रीमान्सँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन नसकेको र सम्बन्ध राख्न पनि इच्छा नभएको अनुभव हुन्छ । यसको प्रत्यक्ष असर मेरो र उहाँको सम्बन्धमा परेको छ । यही कारणले होला, मसँग उमेर मिल्ने एक जना पुरुषसँग यौनसम्बन्ध रहँदै आएको छ । आजभोलि हाम्रो दैनिकजस्तो मनमुटाव भैरहन्छ । यस्तो समस्या उमेरको भिन्नताका कारणले आउँछ कि अन्य कुनै कारणले ? किनभने धेरैजसो समयमा मलाई उमेरको भिन्नताकै कारणले गर्दा यौनइच्छा नभएको महसुस हुन्छ । वास्तवमा मलाई के भएको हो र यसको समाधान के छ ?

मि.
यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै छ, तर मानिसहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हो । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा तपाईंको जस्तो उमेरका साथै बुढ्यौलीमा पनि सम्भव छ । फरक यति हो कि मानिसहरूले हरेक समय र निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? यौनसम्पर्क मात्र महत्वपूर्ण कुरा होइन । यससँग जोडिएका धेरै पक्ष छन् । सबैभन्दा महत्वपूर्ण कुरा एक–अर्कालाई स्वीकार गरिएको छ कि छैन ? भावना साटासाट यौनसम्पर्कको अर्को अभिन्न पक्ष हो । त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना हुन्छ । श्रीमान्को उमेर बढ्दै जाने क्रमसँगै यौनसम्पर्कको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । अर्को व्यक्तिसँग यौनजीवनलाई अघि बढाउँदै हुनुहन्छ भने त्यसले तपाईंको जीवनमा थप समस्या सिर्जना गर्छ ।

तपाईंले अप्ठ्यारो परिस्थिति भनेर के भन्न खोज्नुभएको हो ? बुझ्न सकिएन यो मनोविज्ञानसँग सम्बन्धित विषय हो र यसको हल पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ । तपाईंको विवाहमा कम सन्तुष्टि हुने वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तद्र्वन्द्व एउटा प्रमुख कारणका रूपमा रहेको देखिन्छ । कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरें कि भन्ने मनमा परिरहेको हुन सक्छ । तपाईंलाई आफ्ना श्रीमान् र छोरीप्रति वफादार नभएको र मायालाई सम्मान नगरेको महसुस भएको पनि हुनसक्छ । कतिपय अवस्थामा अर्को व्यक्तिसँग सम्बन्ध राख्दा कतै गल्ती पो गरिरहेकी छु कि भन्ने आभास भैरहन्छ । हेर्दा सामान्य लागे पनि विभिन्न सोच मनमा खेल्छन् । यसरी मनमा कुरा खेलिरहेका बेला तपाईंलाई लाग्न सक्छ, यस्ता कुराले तपाईंको मनोविज्ञानमा प्रतिकूल असर पारिरहेको हुन्नसक्छ र तपार्इंलाई यौनसन्तुष्टि प्राप्त गर्ने कुरामा समस्या भएको हुन सक्छ । त्यसैले तपार्इंले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी तथा आवश्यकताहरूलाई रूपान्तरण गर्न आवश्यक छ ।

तेस्री श्रीमतीको स्थानमा बस्दा महिलाहरू प्राय:जसो श्रीमानका पहिलेका श्रीमतीसँग यौनसम्बन्ध कस्तो थियो भन्ने कुरामा पनि तुलना गर्न पुगिरहेका हुन्छन् । महत्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्तिसँगको यौनसम्बन्ध फरक हुन्छ र त्यसलाई फरक किसिमले रमाइलो बनाउन सकिन्छ । अर्को थाहा पाउनुपर्ने कुरा भनेको हार्मोनमा आउने परिवर्तन हो । उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हार्मोन परिवर्तन हुनु स्वाभाविक हो । महिलामा आउने परिवर्तन विशेष गरेर मेनोपज अर्थात् महिनावारी रोकिनुअघि महिलाको योनिका तन्तुहरू पातलो तथा सुख्खा हुन अनि चिल्लो पदार्थ कम निस्कन थाल्छ, त्यसैले पहिले आनन्द महसुस गर्ने महिलाले पनि पछि त्यस किसिमको आनन्द प्राप्त नगर्न सक्छन् । त्यस्तै पुरुषमा पनि हार्मोन परिवर्तन हुन्छ । टेस्टोसटेरोन हार्मोनले पुरुषको यौनइच्छामा प्रभाव पार्छ ।

डा. टेसिनाका अनुसार यौनलाई प्राथमिकता दिनु जीवनको एउटा महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुन सक्छन् । यौन नै यस्तो क्रियाकलाप हुन सक्छ जसले एक–अर्कालाइ बुझ्न, भावनात्मक कुरा महसुस गर्न तथा सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ । उमेरको भिन्नता भए पनि यौनजन्य आनन्द लिन सकिन्छ । सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने र आफूलाई अनुकूल बनाउँदै लाने हो भने यौनआनन्दमा कमी नआउने अध्ययनहरूले देखाएका छन् ।

विवाह अघिको यौनसम्पर्क थाहा हुन्छ ?

विवाह अघिको यौनसम्पर्क थाहा हुन्छ ?

म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसैसँग भयो भने त ठीकै छ तर अरूसँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौनसम्पर्क गरेको थाहा पाउँछ ?

केटा साथीसँगको सम्बन्ध

तपाईंले केटा साथीसँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त सम्बन्धका बारेमा खासै केही बताउनुभएको छैन । यौनसम्पर्कको प्रस्तावका कारण तपाईंहरूको सम्बन्ध केही गहिरो भएको बुझिन्छ । तपाईंलाई थाहै होला, दुई व्यक्तिबीचको अन्तरङ्ग रोमान्टिक सम्बन्धकै एउटा विकसित रूप प्रेम हो । भनिन्छ, प्रेममा शारीरिक रूपमा यौनसम्पर्क राख्ने ध्येयले प्राथमिकता पाउँदैन । प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो । दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित तथा आत्मविश्वासले पूर्ण अनि दीर्घकालीन हुन्छ । प्रेमी–प्रेमिकाहरू आफ्नो सम्बन्धमा गर्व गर्छन् ।

प्रेममा शारीरिक पक्ष अलि पछि प्राकृतिक रूपमा र निष्कपटताका साथ आउँछ । प्रेममा आफुले प्रेम गरेको व्यक्तिलाई दु:ख दिने, समस्यामा पार्ने, लक्ष्यबाट विमुख तुल्याउने र भविष्यमा नकारात्मक असर पार्ने किसिमको क्रियाकलाप गरिँदैन ।

तपाईंको केटा साथी तपाईंलाई प्रेम गर्ने प्रेमी नै हो कि होइन भन्ने कुरा तपाईंले मात्र निक्र्याल गर्न सक्नुहुन्छ । वास्तविक प्रेम नभै भौतिक आकर्षणको मात्र कुरा हो भने त्यसलाई प्रेम भन्न मिलेन । कतिपय व्यक्तिले यौनसम्पर्कका लागि प्रेमको झूटो नाटक वा अभिनय गर्छन् र यौनसम्पर्क गर्ने आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन् ।

यौनसम्पर्कको कुरा

यौन आकर्षण हामी सबैमा हुने स्वभाविक कुरा हो । यौनेच्छा एकदमै तीव्र हुने भए पनि प्राय:जसो नव–युवायुवती यौनसम्पर्क अनि त्यसका असरहरूको सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन् । अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कतिमा पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन् । ज्ञान भए पनि त्यसलाई व्यवहारमा उतार्ने आवश्यक सीप नहुन सक्छ । ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले एक–अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ । यस्तो बेला कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो ।

यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक छैन भने यौनसम्पर्क नै नगर्ने निर्णय लिन सक्नुपर्छ । योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि अनिच्छित गर्भ रहने जस्तो दुर्घटनाको जोखिम हुन सक्छ । दबाबमा यौनसम्पर्क गर्नु बुद्धिमानी होइन भन्ने कुरा पनि बुझ्नुपर्छ ।

के पछि हुने श्रीमान्ले पहिले यौनसम्पर्क राखेको थाहा पाउलान् ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको थाहा पाउन त झन् गाह्रो कुरा हो । आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन । अहिले योनिच्छद भए/नभएको कुरालाई नै कुमारीत्वको मुख्य आधार बनाउन पनि मिल्दैन ।

तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनीयताको कुरा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुनसक्छ अनि अन्त्यमा उक्त कुरा तपाईंको हुनेवाला श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुनसक्छ । विचार गर्नुपर्ने अर्को कुरा तपाईंको केटा साथी के–कस्तो स्वभावको हुनुहुन्छ ? तपाईंको केटा साथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरामा ध्यान पुर्‍याउनुहोला । कतिपय स्थितिमा ऊ भयादोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् त्यसको सामना गर्ने अठोट छ भने तपाईंलाई भयादोहन गर्न सजिलो हुनेछैन ।

के गर्ने त ?

प्रत्येक व्यक्तिले यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य–मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ । यौनसम्पर्कका कारण उत्पन्न हुन सक्ने जोखिन वा नकारात्मक असर पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । त्यसैले पनि यसमा तपाईंले विशेष चनाखो हुनुपर्ने स्थिति छ । अहिलेको सम्बन्ध कत्तिको दिगो हुन्छ भन्ने कुरा विचार नगरी आवेशमा यौनसम्पर्क राख्नुभन्दा त्यसमा केही ढिलाइ गरी सम्बन्धलाई थप परिपक्व हुन दिनु फाइदाजनक नै हुन्छ ।

तपाईंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवनयापन गरिरहेका छन् । तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ ।

क्यान्सरका शुरुवाती ५ लक्षणः कहिले पनि वेवास्ता नगर्नुस्

क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ ।

क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।

१ दुखाइ
शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

२ ज्वरो
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।

३ दुब्लाउँदै जानु वा वजन कम हुनु

यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।

४ थकान
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

५ तनाव
जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।



उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा

अङ्कुर पलाएको (टुसा उम्रेको) अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ।

टुसा पलाएकोअन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्दछ। शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको रोकथाम, कोलेस्ट्रोल नियन्त्रण, रक्तचाप नियन्त्रण, शिशुको मस्तिष्क विकास, क्यान्सरबाट बचाउ, छालाको स्वास्थ्यमा सुधार, आँखाको शक्तिमा वृद्धि अनि प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम ‘टुसा पलाएको अन्न’ले गर्दछ।

अङ्कुरित अन्नको पोषणको मूल्याङ्कन गर्दाः

टुसा पलाएको गेडागुडी अर्थात अङ्कुरित अन्नबाट हुने सबै स्वास्थ्य फाइदाहरू यसमा पाइने भिटामिन, खनिज पदार्थ अनि जैविक तत्वबाटै आउने गर्दछ। यसमा प्रोटिन अनि फाइबरको मात्रा पनि प्रशस्तै हुन्छ। साथै यसमा भिटामिन-के, फोलेट, प्यान्टोथेनिक एसिड, भिटामिन-सी र भिटामिन-ए पनि पाइन्छन्।

खनिज पदार्थको कुरा गर्दा अङ्कुरित अन्नमा माङ्गानिज, तामा, जिङ्क, म्याग्नेसियम, फलाम र क्याल्सियम पाइन्छ। गेडागुडीमा टुसा नपलाउँदा सम्म यस्ता पौष्टिक तत्वहरूको मात्रा थोरै हुने गर्दछ भने टुसा पलाउन थालेपछि यिनीहरूको मात्रा ह्वात्तै बढेर आउँदछ।

अङ्कुरित अन्नका स्वास्थ्य फाइदाहरूः

१. पाचन शक्तिः

गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा पनि सुधार ल्याउँदछ। इन्जाइमको सहायताले हामीले खाएको खानालाई सजिलै टुक्र्याउँदछ र त्यसबाट सामान्य भन्दा धेरैमात्रामा पौष्टिक तत्वहरू सोस्न सक्दछ। जसले गर्दा शरीरले पर्याप्त मात्रामा ऊर्जा पनि पाउँदछ।

२. रक्तसञ्चारः

शरीरमा पर्याप्त मात्रामा फलाम भएन भने ‘रक्तअल्पता’ हुन्छ। रक्तअल्पता हुँदा शरीरका मांशपेसी अनि अन्य महत्वपूर्ण अङ्गमा रगतको सञ्चार हुन पाउँदैन। यदि हामीले पर्याप्त मात्रामा फलाम भएका खानेकुराहरू खाएनौँ भने शरीरमा बिस्तारै रक्तकोषको मात्रा घट्दै जान्छ, किनभने रक्तकोष निर्माणको लागि चाहिने महत्वपूर्ण तत्व भनेकै फलाम हो। यसले गर्दा शरीर आलश्य हुने, एकाग्रताशक्ति घट्ने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, पेटमा गडबडी हुने जस्ता समस्याहरू देखा पर्दछन्।

टुसा उम्रेको अन्नमा प्रशस्तै मात्रामा फलाम पाइन्छ, जसले यस्ता समस्याहरूबाट सजिलै राहत प्रदान गर्दछ।

३. मोटोपनाः

अङ्कुरित अन्न यस्तो खानेकुरा हो, जसमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुन्छ। यसको मतलब तपाईँले कुनै चिन्ता नै नगरी यसलाई खान सक्नुहुन्छ। फेरि, यसमा हुने फाइबरले गर्दा शरीरमा घ्रेलिन नामक हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ। *घ्रेलिन हरमोनले हामीलाई भोक लागेको छ भनेर मस्तिष्कमा सूचना पठाउने गर्दछ।* जसले गर्दा अघाउनको लागि टन्नै खानुपर्ने जरुरी हुँदैन। र मोटोपनाको चिन्ता पनि हुँदैन।
४. मुटुको स्वास्थ्यः

अङ्कुरित अन्न ‘ओमेगा-३ फ्याटी एसिड’को राम्रो श्रोत हो। हुन त यो एकप्रकारको कोलेस्ट्रोल नै हो, तर ‘राम्रो कोलेस्ट्रोल’ हो। यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ। साथै यसले मुटुको धमनीमा पर्ने दवाव र जलनलाई पनि कम गराउँदछ। मतलब ‘नो कोलेस्ट्रोल’ अनि ‘नो ब्लड प्रेसर’।
५. शिशुको स्वास्थ्यः

अधिकांश शिशुहरूमा ‘फोलेट’ नामक खनिज पदार्थको कमि हुँदा ‘न्यूरल ट्यूब डिफेक्ट’ हुने गर्दछ। यो भनेको मस्तिष्कको समस्या हो। यो समस्या हुँदा बच्चाहरूको दिमाग बोधो हुने, चाँडै बोल्न नसक्ने, भनेको कुरा चाँडै बुझ्न नसक्ने जस्ता खतरनाक समस्याहरू देखा पर्दछन्।

अङ्कुरित अन्नमा प्रशस्त मात्रामा फोलेट पाइन्छ, जसले गर्दा तपाईँको शिशुमा यस्ता घातक समस्या हुनबाट बचाउँदछ।

६. क्यान्सरः

टुसा पलाएको गेडागुडीमा पाइने जैविक तत्वको एण्टिअक्सिडेन्ट गतिविधिले क्यान्सर प्रतिरोधात्मक तत्वको पैदा गराउँदछ। भिटामिन-सी, भिटामिन-ए र एमिनो एसिड, प्रोटिन अनि इन्जाइमले शरीरमा ‘फ्री राडिकल’को मात्रा प्रभाव पार्दछ। *फ्री राडिकल भनेको पाचनप्रक्रियाबाट निस्कने खतरनाक तत्व हो जसले स्वस्थ कोषलाई क्यान्सरयुक्त कोषमा परिणत गर्दछ।* त्यसैले अङ्कुरित अन्नले क्यान्सर लगायत, चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ।
७. प्रतिरक्षा प्रणालीः

अङ्कुरित अन्नलाई ‘प्रतिरक्षा शक्ति बढाउने खानेकुरा’ भन्न मिल्ने कारणहरू थुप्रै छन्। यसमा हुने भिटामिन-सी मात्रैले पनि शरीरको सेतो रक्तकोषलाई बलियो बनाउँदछ जसले विभिन्न किसिमका सङ्क्रमण अनि रोगहरूबाट बचाउँदछ। साथै, जब अङ्कुरको विकास हुन थाल्दछ तब भिटामिन-ए को मात्रा १० गुणाले बढ्दै जान्छ, जसले सेतो रक्तकोषको शक्ति र विकासमा मद्दत पुर्याउँदछ।
८. आँखाको स्वास्थ्यः

माथि नै उल्लेख गरेअनुसार अङ्कुरित अन्नमा प्रशस्त भिटामिन-ए पाइन्छ। र हाम्रो आँखाको दृश्य शक्तिलाई बढाउने एउटै मात्र तत्व भनेको भिटामिन-ए नै हो। यसमा हुने एण्टिअक्सिडेन्ट तत्वले आँखाको रेटिनाको कोषलाई फ्री राडिकलबाट बचाउँदछ र उमेरसँगै रेटिनाको ह्रास हुने क्रमलाई पनि घटाउँदछ। त्यसैले चस्मा लगाउन छोड्न चाहनुहुन्छ अनि यो सुन्दर संसारलाई राम्रोसँग नियाल्न चाहनुहुन्छ भने दिनहुँ ‘अङ्कुरित अन्न’ खानुहोस्।

अति महत्वपूर्ण नोटः

अङ्कुर पलाएको अन्नलाई काँचै खाँदा सबैभन्दा उचित हुन्छ। तर, यसमा धेरैकिसिमका ब्याक्टेरियाहरू पाइने अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले अङ्कुरित अन्नको सेवन गर्दा राम्रोसँग सफा गरेर अझ सकिन्छ भने तातो पानीले पखालेर खाँदा सबैभन्दा उचित हुन्छ।

कुन कुन वस्तुमा के मिसावट गरेको छ यसरी पत्ता लगाउनुस्

१.पेट्रोल : एक दुई थोपा पेट्रोल हत्केलामा राख्दा शुद्ध पेट्रोल भएमा तुरुन्त उडेर जान्छ । यदि अन्य कुनैबस्तु मिसाएको भएमा थोपा रहिरहन्छ ।यसलाई अर्को तरिकाले पनि परिक्षण गर्न सकिन्छ । एउटा सेतोे कागजमा पेट्रोलको एक दुई थोपा राखेर हेरेमा शुद्ध पेट्रोल भए उडेर जान्छ,मिसावट भए दाग देखिन्छ ।

२.दूध : दूधमा केही बस्तु मिसाएको थाहा पाउनका लागि कागजमा दूधको एक दुई थोपा राख्नु पर्दछ यसरी राख्दा पानी मिसिएको दूधले तुरुन्तै कागज भिज्छ भने शुद्ध दुध तुरुन्तै कागजमा फैलिदैन । अर्को तरिका चाहि उमालेर पत्ता लगाउने हो यदि दूध उमालेर राख्दा पातलो तर लागेमा दूधबाट चिल्लो भाग झिकेको वा दूधमा धेरै पानी राखेको भन्ने बुझ्नु पर्दछ ।

३.आइसक्रिम : दूधको आइसक्रिममा पिठो मिलाएको हुनसक्दछ, यसलाई पत्ता लगाउनको लागि आइसक्रिमलाई पानीमा हाली घोल्नुपर्दछ ।

४.खानेतेलमा : खानेतेलमा मोबिल जस्ता अखाद्य तेल मिसाइएको हुन्छ । यसको पहिचान गर्न तरकारी पकाउँदा आउने गन्ध सुँघेर पत्ता लगाउन सकिन्छ् ।

५.खुर्सानी :रातो खुर्सानीको धुलोमा इट्टाको धुलो आदि मिसाएको हुन सक्छ । पानी राखी घोल्दा पत्ता लाग्दछ ।

६.मह : महमा चिनी मिसाएको हुन्छ महमा चिनी मिसाएको थाहा पाउन पानीमा मह राखी घोल्नु पर्दछ यसरी घोल्दा यदि महमा चिनी मिसाएको हो भने चिनी तुरुन्तै घुल्छ ।

७.केरा : पाकेको केराको भित्री भागमा साह्रोपन रहिरहेमा वा केराको भेट्नु तुरुन्तै भाचिने भएमा औषधि राखी पकाएको भन्ने बुझ्न पर्दछ ।

दाँतमा परेको प्वाल पुर्ने घरेलु उपाय

काठमाडौं, — दाँतमा कसरी प्वाल पर्छ ? दाँत दुरुस्त भयो भने त्यसले सुस्वास्थ्यको संकेत गर्छ । दाँतको राम्रो ध्यान दिइएन भने ती कुहिन थाल्छन् । यस्तो अवस्थामा मुखमा अड्केका खानेकुराहरू मुखका ब्याक्टेरियाको सहायतामा एसिडमा परिणत हुन्छन् । यसले दाँतमा प्वाल बनाउँछ । यही प्वाललाई अंग्रेजीमा क्याभिटी भनिन्छ । क्याभिटी बन्ने र त्यसलाई उपचार गर्ने साँचो हाम्रै हातमा छ । हामीले अस्वस्थ खाना पूरै छोडेमा मात्र दाँतमा प्वाल बन्न पाउँदैन । खाना खाएपछि ब्रश गर्ने, कुल्ला गर्ने गरिरहनुपर्छ । अनि लगातार दाँत दुख्यो वा झमझम भयो भने तत्कालै दन्तचिकित्सकको सल्लाह लिनुपर्छ ।

तर यहाँ केही घरेलु उपाय पनि सुझाइएको छ जसले क्याभिटीबाट मुक्ति दिन्छ । हुन त दाँतका जटिल समस्याका लागि दन्तचिकित्सककहाँ नै पुग्नुपर्छ तर यहाँ बताइएका केही उपाय अपनाउँदा दाँतमा प्वाल बन्न पाउँदैन ।

चिनीको मात्रा घटाउनुस् । चिनीमा धेरै एसिड हुन्छ र यसले प्लाक बनाउँछ जसका कारण दाँतमा प्वाल पर्छ ।

नरिवलको तेलले दाँत कुल्ला गर्दा पनि धेरैथरी समस्या समाधान हुन्छन् । प्वाल पनि यही कुल्लाले ठीक गर्छ । दिनको कम्तीमा पाँच मिनेट कुल्ला गर्नुस् । अझ, खाली पेटमा कुल्ला गर्नुभयो भने झन् प्रभावकारी हुन्छ ।

तातोपानीमा नून हालेर कुल्ला गर्दा पनि प्वाल टालिन्छ । प्रत्येक रात कुल्ला गर्नुभयो भने थप राम्रो परिणाम आउँछ ।

भ्यानिला इसेन्समा थोरै मात्रामा अल्कोहल हुन्छ जसले प्राकृतिक रूपमा पीडा शमन गर्छ । प्वाल परेको ठाउँमा यसले दाँत लट्ठ पारिदिन्छ । एउटा कपासको डल्लोमा अलिकति भ्यानिला इसेन्स चोपेर प्रभावित क्षेत्रमा लगाउनुभयो भने पीडा हराउँछ ।

ल्वाङको तेल दाँतको समस्या समाधान गर्ने सबभन्दा पुरानो औषधि हो । यसमा भएको औषधीय गुणका कारण प्वालले गर्ने झमझमलाई घटाउँछ । कपासमा तेल हालेर प्वाल बनेको ठाउँमा हाल्नुस् । तेल ननिल्नुहोला । यसो गर्दा पनि पीडा र झमझमबाट मुक्ति पाइन्छ ।

अण्डा खाँदाका ८ फाइदाहरू

हामीले कहीँ कहीँ गर्मीमा अण्डा खानाले झन् गर्मी बढ्छ भन्ने कुरा सुन्दै आएका छौँ। तर यो कुरा हामीले कति मात्रामा अण्डा खान्छौँ भन्ने कुरामा भर पर्छ। कुनैपनि खानेकुरा चाहिने भन्दा धेरै खानु राम्रो हुँदैन। त्यसैले धेरै होइन, शरिरको अवस्था र उमेर हेरेर दिनहुँ एक–दुईवटा अण्डा खानाले स्वास्थयमा लाभ पुग्दछ। यसले छाला र कपालको सुन्दरता बढाउनुका साथै शरिरलाई आवश्यक तत्वहरुको पनि पूर्ति गर्दछ।
दिनहुँ अण्डा खानाले हुने ८ विशेष फाइदाहरु निम्न छन्,

१. शरिरमा शक्ति प्रदान गर्छः अण्डाको सेतो भागमा ३.६ ग्राम र पहेलो भागमा २.७ ग्राम गरी ६.३० ग्राम प्रोटिन र अरु पोषक तत्वहरु पाइन्छ। यसले गर्दा अण्डा खानाले शरिरमा दिनभरि शक्ति प्राप्त हुन्छ। यसमा शरिरलाई आवश्यक पर्ने एमिनो एसिड पनि रहेको हुन्छ। साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ।

२. आइरनको कमीको समस्या हटाउँछः धेरै मानिसहरुलाई आइरनको समस्या हुने गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्याहरु आउँछन्। आइरनले अक्सिजनसँग मिलेर शरिरको प्रतिरोधात्मक सिस्टमलाई ठीक राख्छ। यसले मेटाबोलिज्म स्तरलाई पनि नियन्त्रण गर्छ। अण्डाको पहेलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले रुचाउँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयूक्त हुन्छ।

३. पोषणको कमी पुरा गर्छः अण्डामा शरिरलाई आवश्यक पर्ने धेरैजसो पोषक तत्वहरु पाइने हुनाले चिकित्सकहरुले पनि अण्डाको सेवन गर्न जोड दिन्छन्। यसमा भिटामिन ए, ई का साथमा बी १२ पनि पाइन्छ।

४. मोटोपन कम गर्नमा सहयोगीः बिहानको खाजामा १-२ अण्डा खानाले शरिरलाई चाहिने पोषणको पूर्ति गर्छ। त्यसैले अण्डा खाएर मोटाइन्छ भन्नेहरुले दिनमा हलुका केही खान सकिने र ओभर डाइटिङबाट पनि बच्न सकिने विशेषज्ञहरु बताउँछन्।

५. दिमागलाई स्वस्थ्य राख्छः अण्डामा पाइने कोलीन पोषण दिमागको विकासका लागि फाइदाजनक हुन्छ। यसले दिमागलाई चालू राख्छ र लामो समयसम्म सम्झने शक्तिमा पनि बृद्धि गर्छ। गर्भवती महिलाले अण्डाको सेवन गर्नाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्याउँछ।

६. आँखाको ज्योतिमा सहयोगीः दिनहुँ अण्डा, पालुङ्गो र ब्रोकाउलीको सेवनले आँखा सम्बन्धी थुप्रै समस्याहरुको समाधान गर्छ। अण्डमा भएको एन्टी–अक्सिडेन्ट, ल्यूटिन र जिजेन्थिन तत्वहरु आँखा स्वस्थ्य राख्न आवश्यक पर्ने तत्वहरु हुन्। मोतीबिन्दु, आँखा रातो हुने, सुख्खा हुने, पानी आउने जस्ता समस्याहरुका लागि अण्डा फाइदाजनक रहेको छ।

७. स्वस्थ्य कपाल र नङका लागिः अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वहरुले कपाल र नङलाई बलियो बनाउन मद्धत पुर्याउँछ। अण्डामा एमिनो एसिड, सल्फर र जींक हुने भएकाले यसले शरिरका साथै छाला र कपाललाई समेत स्वस्थ्य बनाउँछ।

८. हड्डीहरु बलियो बनाउँछः अण्डा भिटामिन डी को प्रमुख श्रोत मानिन्छ। यसले क्याल्सियमलाई सोसेर हड्डीहरु बलियो बनाउँछ। दूध, दही जस्ता डेरी उत्पादनका साथमा अण्डाको पनि सेवन गर्नाले उमेर बढ्दै जाँदा आउने हड्डीका समस्याहरु हटाउन मद्धत गर्छ।

घरेलु बिधि अपनाएर एक महिलाले क्यान्सर निको पारेपछि डाक्टरहरु चकित परे

घरेलु बिधि अपनाएर एक महिलाले क्यान्सर निको पारेपछि डाक्टरहरु चकित परे ।

आफुलाई लागेको क्यान्सर रोग एक महिलाले फलफुल खाएरै निको पारेपछि डाक्टरहरु चकित परे । क्यानडिस मेर फोक्स नाम गरेकि महिला जम्मा ३१ वर्षको हुँदा उनले आफु थाइराइड क्यान्सरको चौथो स्टेजमा रहेको थाहा पाइन । डाक्टरहरुले उनको आयु पाँच वर्षमा सकिने ठोकुवा गरिदिए । डाक्टरले आफ्नो आयु पाँच वर्षभित्र सकिने किटाण गरिदिएता पनि फोक्स भने त्यस्तो खवरबाट दुखित भइनन् । उनले डाक्टरको अनुमानलाई चुनौति दिदै आफ्नोे आयुको किटाण गर्ने डाक्टरहरुलाई नै आश्चर्यमा पार्ने काम गरिन् । सन २०११ मा फोक्सले आफ्नो कोरल बोनको माथि एउटा मासुको थुप्रो अनावश्यक रुपमा झुण्डिएको पत्तो पाइन जसलाई डाक्टरहरुले थाइराइड क्यान्सर नामाकरण गरिदिए । उपचार प्रकिया सुरु गरेता पनि क्यान्सर रोग अरु अँगहरु तिर समेत फैलिन थाल्यो । आफ्ना दुईजना साथीहरु क्यान्सरका कारण मरेको अनुभव गरिसकेकि फोक्सले के अनुमान लागाइन भने उनका साथीहरु क्यान्सर रोगका कारण नभई उपचरका कारण मरेको ठम्याइन् । अन्तमा उनले आफूले केमियो थेरापी उपचार बिधि नअपनाउने निधो गरिन् ।

उनका डाक्टरहरुले केमियो थेरापी उपचार बिधि अपनाउन धेरै कर गरे तर फोक्स आफैले एउटा अध्ययन गरिन र केमियो थेरापी गरेर आफ्नो शरीरलाई दुख नदिने अडान देहोर्याइन् । केमियो थेरापीको सट्टामा बरु दिनको तीन वटा भूइकटहर खाने बिचार गरिन् । उनले जस्तै अंगुर, कागती, मेवा, स्याउ, केरा र किवि लगायतका अन्य फलफुलहरु पनि नियमित खान थालिन् । यी फलफुलहरु खानुका साथै उनले जनावरहरुबाट प्राप्त हुने प्रोटिन जन्य खाने कुराहरु खान पूर्णरुपले बन्द गरिन् । ६ महिना पछि, स्टेज ४ क्यान्सर पूर्णरुपले निको भयो । यो देखेर फोक्सका डाक्टरहरु चकित परे र उनीहरुले फोक्सलाई क्यान्सर मुक्त प्रमाणित गरिदिए । फोक्सले क्यान्सरलाई सहजै जितेको विषयमा विज्ञहरुले के पत्तोलाए भने फोक्सले दैनिक रुपमा खाएको फलफलुलहरुमा एक प्रकारको पोषण तत्व आबद्ध हुन्छ जसले क्यान्सरका तन्तुहरुलाई सहजै पराजित गर्न सक्छ ।

यसका साथै फोक्सले केमिकललाई आफ्नो जिवनबाट परै राख्नका निम्ति सौन्दर्यका सरदाम, घरसफागर्न प्रयोग गरिने उत्पादनहरु, धुम्रपान त्याग्नुको साथै आफूलाई तनाव दिन सक्ने विषयहरुबाट परै रहने बिचार गरिन् । उनको अनुभव अनुसार, तनाव, केमिकल र जनावर जन्य खाद्य पदार्थले क्यान्सरलाई मलजल तथा उर्जा दिन्छ । तसर्थ उनले त्यस्ता खाद्य पदार्थबाट आफू टाढैरहेको बताउछिन् । क्यान्सरलाई पराजित गर्न सक्नुको पछाडी आफुले अपनाएको पोषण जन्य खानपीनका कारण संभव भएको जिकिर फक्सको रहेको छ । उनको अनुसार डायटले नै क्यान्सरका तन्तुहरुलाई सखाप पारेको हो । उनले के पनि उल्लेख गरेकि छिन भने पोषण तत्व, दैनिक शारीरिक अभ्यास, सकारात्मक भावना र आध्यात्मिकताका कारण आफूले क्यान्सलाई पराजित गर्न सफल भएको बताउँछिन् । उनले अझै के पनि उल्लेख गरेकि छिन भने, भूईकटहर जस्ता फलफुलमा आवद्ध गुणले क्यान्सरलाई सहजै पराजित गर्न सक्छ ।