दसगजा आन्दोलनका अगुवा यादव छुटाउन कुनौली पुगे नेपाली अधिकारी

दसगजा आन्दोलनका अगुवा यादव छुटाउन कुनौली पुगे नेपाली अधिकारी

सप्तरी । भारतीय प्रहरीको नियन्त्रणमा रहेका देवनारायण यादव बाबुछोरालाई छुटाउन नेपाल र भारतका अधिकारीहरुबीच छलफल भएको छ । सप्तरीका सुरक्षा अधिकारीहरुले विहारको सुपोल जिल्लामा पर्ने कुनौली थाना पुगेर भारतीय अधिकारीहरुसँग कुराकानी गरेका छन् ।
उनीहरुविरुद्ध अपहरण मुद्दा चलाइएको छ । देवनारायणकी बुहारी ज्योती साहलाई पनि अदालतमा पेश गरिनेछ । अधिकारीहरुका अनुसार आधार कार्डबाट ज्योती नाबालिग नभएको खुलेको छ र देवनारायण बाबुछोरा छुट्ने सम्भावना छ ।
देवका छोराले भारतकी ज्योतीलाई करिव ४ महिना अघि नै भगाएर विवाह गरेका थिए । दशैंको बेलामा ‘अर्केस्ट्रा’ नाच हेर्न शनिबार सीमा पारी गएका बेला देवनारायणका छोरालाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनलाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले हिरासतमा लिएको छ ।

गृहमन्त्री जनार्दन शर्माले सप्तरीका सिडिओ भागीरथ पाण्डेलाई यादवका बाबु–छोराको रिहाइको पहल गर्न निर्देशन दिएका थिए । प्रजिअको प्रयास सफल नभए सरकारले उच्चस्तरबाट कूटनीतिक पहल थाल्ने मन्त्री शर्माले बताएका छन् । ‘भारतको प्रहरी–प्रशासनसँग समन्वय गरेर जतिसक्दो छिटो रिहा गर्न भनेको छु । स्थानीय स्तरबाट नभए सरकारले कूटनीतिक पहल सुरु गर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *