१६४ वर्षपछि पहिलो पटक फेरियो ‘मुलुकी ऐन’

काठमाडौं: जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ ।

संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ भने देवानी संहितालगायत तीनवटा विधेयक पारित हुने क्रममा छन् ।

जंगबहादुर राणा बेलायत भ्रमण गएपछि उनले बेलायती कानुनी प्रणालीअनुसार १९१० मा मुलुकी ऐन बनाउन लगाएका थिए । त्यसलाई २०२० सालमा विस्थापन गरिए पनि पुरानै ऐनका कतिपय प्रावधान जस्ताको तस्तै राखिएका थिए । देवानी र फौजदारीसम्बन्धी व्यवस्था, सजाय र कार्यविधि एकै ठाउँमा थिए।

मुलुकी ऐनमा पटक-पटक परिमार्जन गर्दै आए पनि सामान्य सुधार र परिमार्जनले न्याय प्रशासनमा विकसित भएका नवीनतम अवधारणालाई सम्बोधन गर्न नसक्ने भन्दै सरकारले अपराध र देवानी संहिताका साथै तिनीहरूको कार्यविधिसम्बन्धी अलग-अलग विधेयक बनाएर संसद्मा पेस गरेको थियो ।

संसद्को विधायन समितिले विभिन्न मुलुकका कानुन अध्ययन र विश्लेषणपश्चात् मुलुकी ऐन प्रतिस्थापन विधेयक पारित गरी संसद्मा पठाएको थियो । बुधबार पारित फौजदारी संहितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

केही वर्षअघि फुटबल खेलाडी म्याच फिक्सिङमा संलग्न रहेको पुष्टि भए पनि त्यससम्बन्धी स्पष्ट कानुन थिएन । ‘नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँगको समूहले वा कुनै ठाउँ विशेषको प्रतिनिधित्व गरी राष्ट्रिय स्तरका खेलाडीको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुनेगरी मिलेमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर भएको मानिनेछ’, विधेयकको दफा ५१ को उपदफा (३) मा उल्लेख छ ।

म्याच फिक्सिङको आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न उक्साउने वा त्यस्तो कसुर गर्न मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुने विधेयकमा उल्लेख छ ।

विधायन समितिले पाँचवटा विधेयकको अध्ययन गरी पारित गर्न पाँचवटा उपसमिति बनाएर काम गरेको थियो । फौजदारी संहितासम्बन्धी एमाले सांसद कृष्णभक्त पोखरेल संयोजकत्वको उपसमितिले म्याच फिक्सिङलाई राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर ठहर गर्दै सजायको व्यवस्था गरेको थियो ।

हाल जन्मकैद भनिए पनि सरदर २० वर्षमा जेलमुक्त हुने व्यवस्था छ । तर, अबदेखि ६ वटा गम्भीर प्रकृतिका अपराधमा जन्मभर नै कैद हुने व्यवस्था गरिएको छ । क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने गरी जाति हत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसुर गरेको वा जबर्जस्ती करणी गरी ज्यान मारेको घटनामा जन्मकैद ( जीवित हुँदासम्म) जेल सजाय हुने व्यवस्था गरिएको छ ।

फैसला गर्दा न्यायाधीशलाई कसुर र सजाय घटबढ गराउन सक्ने अधिकारलाई पनि कटौती गरी कसुरको न्यूनतम र अधिकतम सजायबीचको दूरी निकै कम गरिएको छ ।

अबदेखि बहुविवाह स्वतः बदर हुने व्यवस्थासहित विधेयक पारित भएको छ । ऐन लागू हुनुअघिका बहुविवाहका हकमा विधेयक मौन रहे पनि लागू भएपछि बहुविवाह गर्नेका हकमा सजायको मात्रा बढाइएको छ ।

बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । बहुविवाह स्वतः बदर हुने व्यवस्था विधेयकमा छ । ‘यो भन्दा पहिले बहुविवाह दण्डनीय हुन्थ्यो तर मान्यता पाउँथ्यो,’ पोखरेलले भने, ‘अब बहुविवाहले कानुनी मान्यता पाउँदैन ।’

सामाजिक सञ्जालमा एक व्यक्तिको केही अंश अर्को व्यक्तिको शरीरसँग जोडेर विकृत बनाउनेलाई पनि कारबाही हुने भएको छ । ‘कुनै एक व्यक्तिको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखेर वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउन वा प्रकाशन गर्नुहुँदैन । त्यस्तो कार्य गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना हुने व्यवस्था हुनेछ’, विधेयकको दफा २५१ मा उल्लेख छ ।

बैंक नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ ।

पशुकरणीसम्बन्धी व्यवस्थामा थप सजायको व्यवस्था गर्दै विधेयकमा गाई करणी गरे दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना र अन्य चौपाया करणी गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

पछिल्लो समय तेजाब (एसिड) प्रयोगका घटना बढ्दै गएकोमा विधेयकमा त्यस्तो कार्य गर्नेलाई पनि सजायको व्यवस्था गरेको छ ।

तेजाब प्रयोग गरी अनुहार कुरूप पारे पाँचदेखि आठ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना, शरीरको अन्य अंग कुरूप पारे वा शरीरमा पीडा पुर्‍याए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

गर्भवती महिलाको मञ्जुरीमा बाह्र हप्तासम्मको गर्भपतन र जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतन गर्न पाउने व्यवस्था विधेयकमा छ । छाउपडी प्रथालाई पनि कसुर ठहर गर्दै विधेयकमा सजायको व्यवस्था गरिएको छ ।

‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन’, विधेयकको दफा १३८ को उपदफा ४ मा भनिएको छ, ‘यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

कानुनमन्त्री यज्ञबहादुर थापाले मुलुकी ऐन प्रतिस्थापनले मुलुकको न्याय प्रणालीमै आमूल परिवर्तन गर्ने बताए । ‘मुलुकी’ शब्द यथावत

सरकारले मुलुकी ऐन प्रतिस्थापन गर्ने विधेयकमा मुलुकी शब्द हटाएर ५ वटा विधेयक संसद्मा पेस गरेको थियो । ‘मुलुकी’ शब्द जनप्रिय भइसकेको तथा नेपालको कानुनी प्रणालीमा विशिष्ट स्थान ओगटेको भन्दै ऐनमा मुलुकी शब्द राख्नुपर्ने माग उठेको थियो ।

बुधबार संसद्मा अपराध संहिता र फौजदारी कार्यविधि संहिता पारित गर्नुअघि कानुनमन्त्री थापाले मुलुकी शब्द राख्न एमाले सांसद कृष्णभक्त पोखरेलले राखेको संशोधन स्वीकार गर्ने प्रतिबद्धता जनाएपछि दुवै विधेयक पारित भएका थिए ।

सांसद पोखरेल विधायन समितिअन्तर्गत अपराध संहिता उपसमितिका संयोजक थिए । त्यसपछि ‘मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता’ नामबाट विधेयक पारित भएका थिए । फौजदारी कसुरसम्बन्धी विधेयक पारित गर्ने बेला भने कोरम नपुगी संसद् स्थगन भएको थियो ।

सबैलाई जवाफदेही बनाउनेछ : कल्याण श्रेष्ठ पूर्व प्रधानन्यायाधीश
हामीले मुलुकी ऐनलाई टालटुल गरेर चलाउँदै आएका थियाे। तर, आधुनिक र वैज्ञानिक थिएन । अन्तर्राष्ट्रिय न्यायिक मूल्य-मान्यताअनुकूल पनि थिएन ।

आजको कानुन नेपाल र नेपालीका लागि मात्र लागू हुन्छ भन्ने हुँदैन । त्यसैले कामचलाउ ऐनलाई पूरै परिवर्तन गर्न जरुरी थियो । न्यायमा अनुशासन, कानुनप्रतिको जवाफदेहिता बनाउनु जरुरी थियो । यो फौजदारी संहिता वैज्ञानिक, सरल र समान छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्य-मान्यताअनुसार बनेको छ । जन्म सजायको मापदण्ड थिएन । समयानकूल र व्यवस्थित बनेको छ । मुलुक ऐन प्रतिस्थापन विधेयकले बालकदेखि वृद्ध तथा धनीदेखि गरिब सबैलाई जवाफदेही ढंगले काम गर्न प्रेरित गर्नेछ ।

जापान, अस्ट्रेलियालगायत देशका फौजदारी विधि र मान्यताको अध्ययन गरी फौजदारी संहिता बनेको छ । फौजदारी सजायको विधि, मान्यता, परिभाषा पनि स्पष्ट गरिएको छ । समाजलाई सुधार उन्मुख र न्यायोचित बनाउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ । अन्नपूर्ण पोष्ट बाट साभार

क्यान्सरका शुरुवाती ५ लक्षणः कहिले पनि वेवास्ता नगर्नुस्

क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ ।

क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।

१ दुखाइ
शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

२ ज्वरो
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।

३ दुब्लाउँदै जानु वा वजन कम हुनु

यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।

४ थकान
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

५ तनाव
जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।



मान्छे संग संगै बोल्ने चरा नेपालमा भेटियो, चरा र मान्छे बिचको यो प्रेम हेर्नुस (भिडियो)

The experience of being entertained has come to be strongly associated with amusement, so that one common understanding of the idea is fun and laughter, although many entertainments have a serious purpose.

This may be the case in the various forms of ceremony, celebration, religious festival, or satire for example. Hence, there is the possibility that what appears as entertainment may also be a means of achieving insight or intellectual growth.

उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा

अङ्कुर पलाएको (टुसा उम्रेको) अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ।

टुसा पलाएकोअन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्दछ। शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको रोकथाम, कोलेस्ट्रोल नियन्त्रण, रक्तचाप नियन्त्रण, शिशुको मस्तिष्क विकास, क्यान्सरबाट बचाउ, छालाको स्वास्थ्यमा सुधार, आँखाको शक्तिमा वृद्धि अनि प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम ‘टुसा पलाएको अन्न’ले गर्दछ।

अङ्कुरित अन्नको पोषणको मूल्याङ्कन गर्दाः

टुसा पलाएको गेडागुडी अर्थात अङ्कुरित अन्नबाट हुने सबै स्वास्थ्य फाइदाहरू यसमा पाइने भिटामिन, खनिज पदार्थ अनि जैविक तत्वबाटै आउने गर्दछ। यसमा प्रोटिन अनि फाइबरको मात्रा पनि प्रशस्तै हुन्छ। साथै यसमा भिटामिन-के, फोलेट, प्यान्टोथेनिक एसिड, भिटामिन-सी र भिटामिन-ए पनि पाइन्छन्।

खनिज पदार्थको कुरा गर्दा अङ्कुरित अन्नमा माङ्गानिज, तामा, जिङ्क, म्याग्नेसियम, फलाम र क्याल्सियम पाइन्छ। गेडागुडीमा टुसा नपलाउँदा सम्म यस्ता पौष्टिक तत्वहरूको मात्रा थोरै हुने गर्दछ भने टुसा पलाउन थालेपछि यिनीहरूको मात्रा ह्वात्तै बढेर आउँदछ।

अङ्कुरित अन्नका स्वास्थ्य फाइदाहरूः

१. पाचन शक्तिः

गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा पनि सुधार ल्याउँदछ। इन्जाइमको सहायताले हामीले खाएको खानालाई सजिलै टुक्र्याउँदछ र त्यसबाट सामान्य भन्दा धेरैमात्रामा पौष्टिक तत्वहरू सोस्न सक्दछ। जसले गर्दा शरीरले पर्याप्त मात्रामा ऊर्जा पनि पाउँदछ।

२. रक्तसञ्चारः

शरीरमा पर्याप्त मात्रामा फलाम भएन भने ‘रक्तअल्पता’ हुन्छ। रक्तअल्पता हुँदा शरीरका मांशपेसी अनि अन्य महत्वपूर्ण अङ्गमा रगतको सञ्चार हुन पाउँदैन। यदि हामीले पर्याप्त मात्रामा फलाम भएका खानेकुराहरू खाएनौँ भने शरीरमा बिस्तारै रक्तकोषको मात्रा घट्दै जान्छ, किनभने रक्तकोष निर्माणको लागि चाहिने महत्वपूर्ण तत्व भनेकै फलाम हो। यसले गर्दा शरीर आलश्य हुने, एकाग्रताशक्ति घट्ने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, पेटमा गडबडी हुने जस्ता समस्याहरू देखा पर्दछन्।

टुसा उम्रेको अन्नमा प्रशस्तै मात्रामा फलाम पाइन्छ, जसले यस्ता समस्याहरूबाट सजिलै राहत प्रदान गर्दछ।

३. मोटोपनाः

अङ्कुरित अन्न यस्तो खानेकुरा हो, जसमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुन्छ। यसको मतलब तपाईँले कुनै चिन्ता नै नगरी यसलाई खान सक्नुहुन्छ। फेरि, यसमा हुने फाइबरले गर्दा शरीरमा घ्रेलिन नामक हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ। *घ्रेलिन हरमोनले हामीलाई भोक लागेको छ भनेर मस्तिष्कमा सूचना पठाउने गर्दछ।* जसले गर्दा अघाउनको लागि टन्नै खानुपर्ने जरुरी हुँदैन। र मोटोपनाको चिन्ता पनि हुँदैन।
४. मुटुको स्वास्थ्यः

अङ्कुरित अन्न ‘ओमेगा-३ फ्याटी एसिड’को राम्रो श्रोत हो। हुन त यो एकप्रकारको कोलेस्ट्रोल नै हो, तर ‘राम्रो कोलेस्ट्रोल’ हो। यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ। साथै यसले मुटुको धमनीमा पर्ने दवाव र जलनलाई पनि कम गराउँदछ। मतलब ‘नो कोलेस्ट्रोल’ अनि ‘नो ब्लड प्रेसर’।
५. शिशुको स्वास्थ्यः

अधिकांश शिशुहरूमा ‘फोलेट’ नामक खनिज पदार्थको कमि हुँदा ‘न्यूरल ट्यूब डिफेक्ट’ हुने गर्दछ। यो भनेको मस्तिष्कको समस्या हो। यो समस्या हुँदा बच्चाहरूको दिमाग बोधो हुने, चाँडै बोल्न नसक्ने, भनेको कुरा चाँडै बुझ्न नसक्ने जस्ता खतरनाक समस्याहरू देखा पर्दछन्।

अङ्कुरित अन्नमा प्रशस्त मात्रामा फोलेट पाइन्छ, जसले गर्दा तपाईँको शिशुमा यस्ता घातक समस्या हुनबाट बचाउँदछ।

६. क्यान्सरः

टुसा पलाएको गेडागुडीमा पाइने जैविक तत्वको एण्टिअक्सिडेन्ट गतिविधिले क्यान्सर प्रतिरोधात्मक तत्वको पैदा गराउँदछ। भिटामिन-सी, भिटामिन-ए र एमिनो एसिड, प्रोटिन अनि इन्जाइमले शरीरमा ‘फ्री राडिकल’को मात्रा प्रभाव पार्दछ। *फ्री राडिकल भनेको पाचनप्रक्रियाबाट निस्कने खतरनाक तत्व हो जसले स्वस्थ कोषलाई क्यान्सरयुक्त कोषमा परिणत गर्दछ।* त्यसैले अङ्कुरित अन्नले क्यान्सर लगायत, चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ।
७. प्रतिरक्षा प्रणालीः

अङ्कुरित अन्नलाई ‘प्रतिरक्षा शक्ति बढाउने खानेकुरा’ भन्न मिल्ने कारणहरू थुप्रै छन्। यसमा हुने भिटामिन-सी मात्रैले पनि शरीरको सेतो रक्तकोषलाई बलियो बनाउँदछ जसले विभिन्न किसिमका सङ्क्रमण अनि रोगहरूबाट बचाउँदछ। साथै, जब अङ्कुरको विकास हुन थाल्दछ तब भिटामिन-ए को मात्रा १० गुणाले बढ्दै जान्छ, जसले सेतो रक्तकोषको शक्ति र विकासमा मद्दत पुर्याउँदछ।
८. आँखाको स्वास्थ्यः

माथि नै उल्लेख गरेअनुसार अङ्कुरित अन्नमा प्रशस्त भिटामिन-ए पाइन्छ। र हाम्रो आँखाको दृश्य शक्तिलाई बढाउने एउटै मात्र तत्व भनेको भिटामिन-ए नै हो। यसमा हुने एण्टिअक्सिडेन्ट तत्वले आँखाको रेटिनाको कोषलाई फ्री राडिकलबाट बचाउँदछ र उमेरसँगै रेटिनाको ह्रास हुने क्रमलाई पनि घटाउँदछ। त्यसैले चस्मा लगाउन छोड्न चाहनुहुन्छ अनि यो सुन्दर संसारलाई राम्रोसँग नियाल्न चाहनुहुन्छ भने दिनहुँ ‘अङ्कुरित अन्न’ खानुहोस्।

अति महत्वपूर्ण नोटः

अङ्कुर पलाएको अन्नलाई काँचै खाँदा सबैभन्दा उचित हुन्छ। तर, यसमा धेरैकिसिमका ब्याक्टेरियाहरू पाइने अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले अङ्कुरित अन्नको सेवन गर्दा राम्रोसँग सफा गरेर अझ सकिन्छ भने तातो पानीले पखालेर खाँदा सबैभन्दा उचित हुन्छ।

सात दिन मै १० बर्ष कम उमेरको देखिने यस्तो छ घरेलु उपाय

के तपाई आफ्नो उमेर कम देखाउन चाहनुहुन्छ त्यो पनि १० वर्ष कम । हो जापानी महिलाहरुको आकर्षक र मुलायम छालाको रहस्य जुन वर्षौ देखि लुकेको थियो त्यो हो चामल,जुन हामिले दैनिक रुपले खाने गर्छौ । हो, हामिले आफ्नो भान्सामा नै बसेर खाना बनाउदै आफ्नो छालालाई सुन्दर र मुलायम बनाउन सक्छौ । न त कुनै पार्लर नै धाउनु पर्ने छ,न त कुनै ब्युटी किल्निक नै , चामलको तेल,चामलको पाउडर र चामलको झोल अर्थात माडबाट हामि आफ्नो छालालाई मुलायम , अनुहारको दाग धब्बा हटाउन,छालालाई चम्किलो पारि छालामा परिवर्तन ल्याउन सक्नुहुन्छ । साथै चामल हामिले आफ्नो आहारको रुपमा खान्छौ र एन्टिओक्सिडेंट शक्ति प्राप्त गर्छौ ।
चामलमा लिनोलिक एसिड(linoleic acids) र स्क्वलीन (squalene) हुन्छ । जुन एक शक्तिशाली एन्टिअक्सिडेंट हो।जसले छालामा कोलेजन उत्पादन गर्ने काम गर्दछ । यसले मुहारमा हुने चाउरीपना हटाउन मद्दत गर्नुका साथै यसले घामबाट पनि छालालाई सुरक्षित राख्दछ। त्यस्तै चामलमा हुने ‘भिटामिन ई’ र ‘गामा ओरिजिनल’ ले मुटुलाई समेत स्वस्थ राख्नुको साथै हाम्रो शरीरको कोलिस्ट्रोल समेत कम गर्न सहयोग गर्छ । चामल पाईने यस्तो खालको बिशेषताको ज्ञान पहिले देखिनै जापानीहरुलाई मात्र थियो। त्यसैले उनीहरु यसको प्रयोग गर्थे। सामान्यतया जापानिज महिलाहरुको भएको उमेरभन्दा कम उमेरको देखिनुको रहस्य यसको प्रयोग रहेको पनि एउटा अध्ययनबाट खुल्न आएको छ।
चामलमा विभिन्न खालका अविश्वसनिय शक्ति पईन्छं, जसले छालाले नयाँपन ,मुलायम र सुन्दरता ल्याइदिन्छ।आउनुहोस् अब , हामिले तपाईलाई चामलको त्यस्तो फेस प्याक बनाउन सिकाउछौँ जसले तपाईको छालाको चाउरीपना हटाउने देखि लिएर एक चमक ल्याइदिन्छ । आवश्यक सामाग्रीहरु

३ चम्चा चामल
१ चम्चा दुध
१ चम्चा मह

सर्वप्रथम चामललाई उसिन्ने र उसिनेको चामलबाट रस अर्थात माडलाई फ्याक्ने र चामलमा १ चम्चा दुध मिसाउने अनि राम्ररी घोल्ने, घोलिसकेपछी त्यसमा मह मिसाउने,
फेस राम्ररी सफा गरेर सुख्खा कपडाले पुछ्ने अनि तयार पारेको फेस प्याक लगाउने सो प्याक सुकेपछि अघि निकालेको चामलको रसले मुख धुने,
चामलको पानीमा एन्टिअक्सिडेंट हुने हुदा उमेर अनुसारको चाउरीपन हटाउने र छाला मुलायम पार्ने कम गर्दछ। यसले रक्तसंचार प्रणालीमा राम्रो सुधार ल्याउछ। यदि हजुरले यी बिधिहरु सहि रुपले अपनाउनु भयो भने यसले तपाईलाई साच्चिकै १० वर्ष कम उमेर जस्तो मुहार बनाउनुको साथै घामको किरणबाट पनि जोगाउदछ ।

तपाईले आफुलाई साच्चै १० वर्ष कम देख्न चाहानुहुन्छ भने यो बिधि हप्तामा कम्तिमा पनि अनिवार्य एक पटक गर्ने पर्ने हुन्छ, सके हप्तामा दुई /तीन पटक आवस्कता हेरर गर्नुहोस् । एजेन्सीको सहयोगमा

दार्जिलिङमा बढ्यो तनाव, गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा आगजनी

दार्जिलिङ । दार्जिलिङ रहेको गोर्खा जनमुक्ति मोर्चाको कार्यालय आगजनी भएको । उक्त कार्यालयमा बिहीबार आगजनी भएको थियो । आगो कसले लगायो ? त्यो भने अझै खुल्न सकेको छैन । आगजनीबाट कार्यालयमा राखिएका सामान र कागजात सबै जलेर नष्ट भएका छन् ।

त्यसपछि उग्र भएका आन्दोलनकारीहरुले एक गाडीमा समेत आगजनी गरेका छन् ।
गोर्खा जनमुक्ति मोर्चाकी प्रवक्ता विनिता रोकाले कार्यालयमा आगजनी हुनु एक गम्भीर षड्यन्त्र भएको बताइन् ।

कडा सुरक्षाका बाबजूद भवनमाथि आधा रातमा कसरी आगो लाग्न सक्छ ? भन्दै प्रश्न गरिन् । उनले यसमा प्रहरीको षड्यन्त्र भएको आरोप लगाइन् । उनले दुई महिनादेखि जारी आन्दोलन तोड्न सरकारले गरेको प्रयास विफल भएको बताइन् ।

केन्द्रीय सरकारले आन्दोलनकारीको माग सम्बोधन नगरेसम्म दार्जिलिङमा आन्दोलन जारी रहने मोर्चाका नेताहरुले बताउँदै आएका छन् । आन्दोलन र बन्द भएको ५८ दिन नाघिसकेको छ ।
दार्जिलिङमा अलग राज्य गोर्खाल्याण्डको माग गर्दै आन्दोलन भइरहेको छ ।
-जागरणबाट

कुन कुन वस्तुमा के मिसावट गरेको छ यसरी पत्ता लगाउनुस्

१.पेट्रोल : एक दुई थोपा पेट्रोल हत्केलामा राख्दा शुद्ध पेट्रोल भएमा तुरुन्त उडेर जान्छ । यदि अन्य कुनैबस्तु मिसाएको भएमा थोपा रहिरहन्छ ।यसलाई अर्को तरिकाले पनि परिक्षण गर्न सकिन्छ । एउटा सेतोे कागजमा पेट्रोलको एक दुई थोपा राखेर हेरेमा शुद्ध पेट्रोल भए उडेर जान्छ,मिसावट भए दाग देखिन्छ ।

२.दूध : दूधमा केही बस्तु मिसाएको थाहा पाउनका लागि कागजमा दूधको एक दुई थोपा राख्नु पर्दछ यसरी राख्दा पानी मिसिएको दूधले तुरुन्तै कागज भिज्छ भने शुद्ध दुध तुरुन्तै कागजमा फैलिदैन । अर्को तरिका चाहि उमालेर पत्ता लगाउने हो यदि दूध उमालेर राख्दा पातलो तर लागेमा दूधबाट चिल्लो भाग झिकेको वा दूधमा धेरै पानी राखेको भन्ने बुझ्नु पर्दछ ।

३.आइसक्रिम : दूधको आइसक्रिममा पिठो मिलाएको हुनसक्दछ, यसलाई पत्ता लगाउनको लागि आइसक्रिमलाई पानीमा हाली घोल्नुपर्दछ ।

४.खानेतेलमा : खानेतेलमा मोबिल जस्ता अखाद्य तेल मिसाइएको हुन्छ । यसको पहिचान गर्न तरकारी पकाउँदा आउने गन्ध सुँघेर पत्ता लगाउन सकिन्छ् ।

५.खुर्सानी :रातो खुर्सानीको धुलोमा इट्टाको धुलो आदि मिसाएको हुन सक्छ । पानी राखी घोल्दा पत्ता लाग्दछ ।

६.मह : महमा चिनी मिसाएको हुन्छ महमा चिनी मिसाएको थाहा पाउन पानीमा मह राखी घोल्नु पर्दछ यसरी घोल्दा यदि महमा चिनी मिसाएको हो भने चिनी तुरुन्तै घुल्छ ।

७.केरा : पाकेको केराको भित्री भागमा साह्रोपन रहिरहेमा वा केराको भेट्नु तुरुन्तै भाचिने भएमा औषधि राखी पकाएको भन्ने बुझ्न पर्दछ ।

अझै केही दिन भारी वर्षा हुन्छ : मौसम विभाग

मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ ।झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले बताए ।

‘मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन, तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ’, उनले भने

जल तथा मौसम विज्ञान विभागले पनि बिहीबार विज्ञप्ति जारी गरी दुई दिन भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको सेवा नियमित

उपत्यका आसपासको आकाशमा बाक्लो कुइरो लाग्नुका साथै निरन्तर वर्षा भइरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा नियमित भइरहेको विमानस्थलले जनाएको छ ।

बदली र वर्षा भए पनि विमानस्थलको सबै उडान यथावत रहेको र काठमाडौँ बाहिरका सबै विमानस्थलको सेवा पनि नियमित रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

यसवर्ष गत जेठ २९ (जुन १२) बाट नेपालमा मनसुन प्रवेश गरेको थियो । मनसुन आगामी भदौ अन्तिमसम्म जारी रहने महाशाखाको अनुमान छ । कमजोररुपमा प्रवेश भएको मनसुन सक्रिय भई देशभर फैलन लामो समय लागेको थियो । मनसुनी वर्षा पर्याप्त नहुँदा पूर्वी पहाडीलगायत क्षेत्रमा रोपाइँ गर्न समस्या भएको थियो । पश्चिमी भेगमा भने सामान्य वर्षा भइरहेको थियो ।

दुई दिनदेखि बदली र वर्षा भएपछि काठमाडौँको मौसममा परिवर्तन आएको छ । चर्को घाम लाग्ने र दैनिक ३० देखि ३१ डिग्रिसेल्सियसको हाराहारीमा रहँदै आएको उपत्यकाको आजको तापक्रम अधिकतम २६ र न्यूनतम २१ डिग्रिसेल्सियस छ ।

महाशाखाको विवरणअनुसार बितेको २४ घण्टामा काठमाडौँमा १९ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी ताप्लेजुङमा ५२, धनकुटामा ५४, विराटनगरमा ५७, सिमरामा ८९, भैरहवामा ८५, पोखरामा ८९ र दिपायलमा छ मिलिमिटर वर्षा भएको छ । रासस

दाँतमा परेको प्वाल पुर्ने घरेलु उपाय

काठमाडौं, — दाँतमा कसरी प्वाल पर्छ ? दाँत दुरुस्त भयो भने त्यसले सुस्वास्थ्यको संकेत गर्छ । दाँतको राम्रो ध्यान दिइएन भने ती कुहिन थाल्छन् । यस्तो अवस्थामा मुखमा अड्केका खानेकुराहरू मुखका ब्याक्टेरियाको सहायतामा एसिडमा परिणत हुन्छन् । यसले दाँतमा प्वाल बनाउँछ । यही प्वाललाई अंग्रेजीमा क्याभिटी भनिन्छ । क्याभिटी बन्ने र त्यसलाई उपचार गर्ने साँचो हाम्रै हातमा छ । हामीले अस्वस्थ खाना पूरै छोडेमा मात्र दाँतमा प्वाल बन्न पाउँदैन । खाना खाएपछि ब्रश गर्ने, कुल्ला गर्ने गरिरहनुपर्छ । अनि लगातार दाँत दुख्यो वा झमझम भयो भने तत्कालै दन्तचिकित्सकको सल्लाह लिनुपर्छ ।

तर यहाँ केही घरेलु उपाय पनि सुझाइएको छ जसले क्याभिटीबाट मुक्ति दिन्छ । हुन त दाँतका जटिल समस्याका लागि दन्तचिकित्सककहाँ नै पुग्नुपर्छ तर यहाँ बताइएका केही उपाय अपनाउँदा दाँतमा प्वाल बन्न पाउँदैन ।

चिनीको मात्रा घटाउनुस् । चिनीमा धेरै एसिड हुन्छ र यसले प्लाक बनाउँछ जसका कारण दाँतमा प्वाल पर्छ ।

नरिवलको तेलले दाँत कुल्ला गर्दा पनि धेरैथरी समस्या समाधान हुन्छन् । प्वाल पनि यही कुल्लाले ठीक गर्छ । दिनको कम्तीमा पाँच मिनेट कुल्ला गर्नुस् । अझ, खाली पेटमा कुल्ला गर्नुभयो भने झन् प्रभावकारी हुन्छ ।

तातोपानीमा नून हालेर कुल्ला गर्दा पनि प्वाल टालिन्छ । प्रत्येक रात कुल्ला गर्नुभयो भने थप राम्रो परिणाम आउँछ ।

भ्यानिला इसेन्समा थोरै मात्रामा अल्कोहल हुन्छ जसले प्राकृतिक रूपमा पीडा शमन गर्छ । प्वाल परेको ठाउँमा यसले दाँत लट्ठ पारिदिन्छ । एउटा कपासको डल्लोमा अलिकति भ्यानिला इसेन्स चोपेर प्रभावित क्षेत्रमा लगाउनुभयो भने पीडा हराउँछ ।

ल्वाङको तेल दाँतको समस्या समाधान गर्ने सबभन्दा पुरानो औषधि हो । यसमा भएको औषधीय गुणका कारण प्वालले गर्ने झमझमलाई घटाउँछ । कपासमा तेल हालेर प्वाल बनेको ठाउँमा हाल्नुस् । तेल ननिल्नुहोला । यसो गर्दा पनि पीडा र झमझमबाट मुक्ति पाइन्छ ।